• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खानीडाँडा–पञ्चमीबजार सडक कालोपत्रे गर्न ३० करोड

खानीडाँडा–पञ्चमीबजार सडक कालोपत्रे गर्न ३० करोड


समायोजन खबर
  • शनिबार, भाद्र १४ २०८२

  • समायोजन खबर खोटाङ, कोशी प्रदेश सरकारले खानीडाँडा विमानस्थलदेखि याम्खा रातामाटा हुँदै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको केन्द्र याङसोलाटार-पञ्चमीबजारसम्म सडक कालोपत्रे गर्न स्रोत सहमति दिएको छ।

    आर्थिक वर्ष २०८२/०८३ मा संघीय समपूरक अनुदान अन्तर्गत प्रदेश सरकारबाट कार्यान्वयन हुनेगरी प्रदेश सरकारले ३० करोडको स्रोत सहमति दिएको हो। स्रोत सहमतिपछि बहुवर्षे ठेक्काको प्रक्रिया अगाडी बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले भदौ १३ गते पूर्वाधार विकास कार्यालय खोटाङलाई पत्रचार गरिसकेको छ।

    सडक कालोपत्रे ठेक्काको टेण्डर चाँडै खुल्ने भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जानकारी दिनुभयो। उक्त बजेटले चालू आर्थिक वर्षदेखि तीनवर्षमा २९ किलोमिटर सडक कालोपत्रे गरिनेछ।

    मन्त्री राई तत्कालिन दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष हुँदा खाल्लेको आहालेदेखि याम्खाको रातमाटासम्म छोटो दुरीको सडक निर्माण गरिएको थियो। रातमाटादेखि टेम्मा याङसोलाटार पञ्चमीबजार सडक त्यसअघि नै सञ्चालन थियो।

    उक्त रुटमा पर्ने साप्सुखोला बाटोफेदीमा राईकै कार्यकालमा मोटरेबल पुल निर्माण गरेर सञ्चालन गरिएको थियो। कच्ची सडकमा बर्खामा यातायातका साधन चालउन हम्मेहम्मे हुँदा दक्षिणी भेगका नागरिकले सदरमुकाम दिक्तेलबजार आउजाउ गर्न शास्ती खेप्नु परिरहेको छ। सडक कालोपत्रे भएमा दक्षिणी भेगका नागरिकहरुको यात्रा छोटिने मात्रै हैन सहज र समयको सदुपयोग हुनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology