• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिविर काठमाण्डौमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिविर काठमाण्डौमा


समायोजन खबर
  • बुधबार, भाद्र ११ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाण्डौमा सामाजिक सुरक्षा भत्ता नविकरण शिविर सुरु गरेको छ।

    काठमाण्डौमा बसोबास गरिरहेका नगरभित्रका लाभग्राहीलाई लक्षित गर्दै भदौ ११ गतेदेखि १४ गतेसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिक ‘होटल जन्मभूमी टू’ मा शिविरको आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
    शिविरको पहिलो दिन १४६ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको नगरपालिकाका पञ्जीकरण शाखा फिल्ड सहायक गम्भीर खत्रीले जानकारी दिए। शिविरका लागि पहिलो दिन मेयर तीर्थराज भट्टराई, सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, बुईपाका वडाध्यक्ष दिनेश राई शिविरस्थल पुगेका थिए। वडाध्यक्षद्धयलाई शिविरका लागि सम्पर्क तथा समन्वयका रुपमा तोकिएको छ।

    यस्तै, नगरपालिकाले भदौ १६ गतेदेखि १९ गतेसम्म इटहरी उपमहानगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ता नविकरण शिविर सञ्चालन गर्नेछ। उक्त शिविरका लागि लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतलाई सम्पर्क तथा समन्वयका रुपमा तोकिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology