• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकामा श्रमदान अभियान सञ्चालन

साकेला गाउँपालिकामा श्रमदान अभियान सञ्चालन


समायोजन खबर
  • शनिबार, साउन ३२ २०८२

  • समायोजन खबर खोटाङ, साकेला गाउँपालिकामा सञ्चालन भईरहेको पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा श्रमदान मार्फत सडक मर्मत र सरसफाई गरिएको छ।

    शुक्रबार अध्यक्ष राईको नेतृत्वमा ५० जनाभन्दा बढी गाउँपालिकामा कार्यरत कर्मचारी, मानेभन्ज्याङ बजारबासी, इलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी र अन्य साकेलाबासी स्थानीय नागरिकहरुको सहभागितामा साप्सुखोला(मानेभन्ज्याङ-तावाभन्ज्याङ खण्डको नागढुङ्गादेखि बिर्ता जाने सडक पूर्ण रुपमा सरसफाई गरिएको हो।
    वर्षाका कारण सडकको भित्तामा थुनिएको नाली खोल्ने, सडकमा भएको फोहर व्यवस्थापन गर्ने, झोरझाडी हटाउने, खाल्डाखुल्डी पुर्ने लगायतका कामको लागि श्रमदान अभियान चलाईएको पूर्ण सरसफाई कार्यक्रम संयोजक सगुन बस्नेतले जानकारी दिनुभयो। पूर्ण सरसफाईमैत्री गाउँपालिका निर्माणको नीति अनुरुप यहाँको विभिन्न स्थानहरुमा श्रमदान मार्फत सरसफाईको विविध गतिविधिहरु सञ्चालन गरिँदै आईएको छ।

    बजार, पार्क, सडक तथा सार्वजनिक स्थलहरुमा सरसफाई गर्ने, खुल्ला तथा खाली स्थानहरुमा भुगोल र वातावरण सुहाउँदो विरुवाहरु रोप्ने, फोहरमैला संकलन तथा व्यवस्थापन गर्ने लगायतका गतिविधिहरु कार्यक्रम मार्फत सञ्चालन गरिँदै आईएको छ।
    गाउँपालिकाले सञ्चालन गर्ने संस्कार र सभ्यता, पूर्ण सरसफाई, आकस्मिक पूर्वाधार मार्फत गरिने विविध क्रियाकलापको नेतृत्व गाउँपालिका अध्यक्ष राई आफैले गर्दै आउनुभएको छ। कर्मचारी, स्थानीयवासी नागरिकहरुको उपस्थितिमा गरिने श्रमदान अभियानले संस्कार र सभ्यताको पहिचान साकेलाले दिएको जानकारहरु बताउँछन्।

    हामी साकेला गाउँपालिकालाई सफा र सुन्दर बनाउन प्रयत्नशिल छौं, गाउँपालिका सरकारले चालेको सरसफाईको अभियानलाई स्थानीय नागरिकहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ, अध्यक्ष राईले भन्नुभयो पालिकाले गर्ने हरेक कार्यमा स्थानीयको साथ पाए समृद्ध साकेला बन्न धेरै समय लाग्दैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology