• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उद्घोषण कला प्रतियोगितामा कार्की प्रथम

उद्घोषण कला प्रतियोगितामा कार्की प्रथम


समायोजन खबर
  • मंगलबार, साउन २८ २०८२

  • समायोजन खबर खोटाङ,उद्घोषण कला प्रतियोगितामा ज्योति मावि राजापानीमा कक्षा १० मा अध्ययनरत छात्र अनिश कार्की प्रथम भएका छन्।

    जुनियर रेडक्रस सर्कल जनता आधारभूत विद्यालय नेर्पाले मंगलबार भर्चुअल प्रविधिबाट आयोजना गराएको प्रतियोगितामा १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्की प्रथम बनेका हुन्।

    दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा रितेश्ना कार्की दोश्रो, आयोजक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा देनिका भुजेल तेश्रो र दिक्तेल बहुमुखी क्याम्पसमा बिए चौथो वर्षमा अध्ययनरत छात्रा लक्ष्मी राई सान्त्वना भएकी छन्।

    प्रतियोगिताका सहभागीहरुलाई प्रथम राष्ट्रिय कोदो दिवस २०८२ का बारेमा उद्घोषण गर्न लगाईएको थियो। प्रतियोगिताको निर्णायकमा जुरेस युरेसका जिल्ला संयोजक लिलाबहादुर खत्री, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक झमप्रसाद आचार्य र शितला मावि खाल्लेका शिक्षक मदनशेर राई रहनुभएको थियो।

    विजेता चार जनालाई २० औं जिल्ला स्तरीय गोष्ठीमा पुरस्कृत गरिने जुरेस शिक्षक अन्जना आचार्यले जानकारी दिइन्। प्रतियोगितामा दिक्तेल बहुमुखी क्याम्पससहित ११ वटा विद्यालयबाट १९ जना विधार्थी सहभागी भएका थिए।

    १९ औं जिल्ला स्तरीय गोष्ठीले तय गरेको वार्षिक कार्य योजना अन्तर्गत उद्घोषण कला प्रतियोगिता आयोजना गरिएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology