• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

११ घण्टापछि खुल्यो जयरामघाट–हसेसी सडक

११ घण्टापछि खुल्यो जयरामघाट–हसेसी सडक


समायोजन खबर
  • सोमबार, साउन २७ २०८२

  • पहिरो पन्छाएपछि गन्तब्यतर्फ जाँदै एम्बुलेन्स । तस्वीर सौजन्य: पत्रकार रत्नप्रसाद आचार्य

    समायोजन खबर खोटाङ, लगातारको वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत जयरामघाट–हसेसी सडक एकतर्फी सुचारु भएको छ।

    हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पूरानो प्रहरी चौकी नजिकैको सडकमा सोमबार बिहान करीव ८ः१० बजे झरेको पहिरो पन्छाएपछि सडक सुचारु भएको हो।

    सडकभन्दा सय मिटर माथीबाट पहिरोसँगै झरेको ठूलठूला ढुंगा, लेदोले अन्दाजी दश मिटर सडक अवरुद्ध भएको थियो। पहिरोलाई जेसीभी, स्काभेटरको सहयोगमा साँझ ६ बजेर ४० मिनेट जाँदा पन्छाएर सवारी साधन गन्तब्यतर्फ पठाईएको प्रहरीले जनाएको छ।
    पहिरो पन्छाउन च्यास्मिटार सालचौतारा कुर्लेघाट सकडको काम गरिरहेको फेवा कन्ट्रक्सनको एकवटा जेसीभी र एकवटा स्काभेटर तथा सडक विभागको एकवटा जेसीभी प्रयोग गरिएको च्यास्मिटारका वडाध्यक्ष भूपाल सिंह राईले बताए।
    पहिरोले सडक अवरुद्ध हुँदा भोजपुर र दिक्तेलबाट काठमाण्डौ तथा तराई जाने सवारी साधन र हलेसीमा बोलबम सकेर फर्केका दर्जनौ सवारी साधन रोकिएका थिए। सोही पहिरोले दाम्ली डिकुवा जाने भित्री कच्ची सडक खण्डमा २० मिटर सडक अवरुद्ध भएको थियो। सो सडकको पनि पहिरो पन्छाइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology