समायोजन खबर खोटाङ, हलेसीबाट सिरहाको गोलबजार जाने क्रममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित दौत्य खोलास्थित मध्यपहाडी लोकमार्गमा एकवटा गाडी दुर्घट्ना हुँदा १३ जना घाइते भएका छन्।
सोमबार बिहान ८ बजे प्र २–०१–००१ ज ००५३ नम्बरको विङगर गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घट्ना भएको हो।
गाडीमा अनुमानित १८ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनालाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्समा र थप दुईवटा एम्बुलेन्समा दश जनालाई घुर्मीमा उपचारमा पठाईएको छ।
इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक हेमन्त राईको कमाण्डमा खटेको ११ जना, अस्थाइ प्रहरी पोष्ट जयरामघाटबाट प्रहरी सहायक निरीक्षक शेख रहुल्लाको कमाण्डमा खटेको २ जना, प्रहरी चौकी च्यास्मिटारबाट २ जना गरी १५ जना प्रहरीले उद्धार गरिरहेको छ।
थप मद्दतका लागि नम्बर ७ गुल्म हलेसी खोटाङबाट ११ जना सशस्त्र प्रहरी र ओखलढुंगाको हर्कपुरबाट १० जान जनपथ प्रहरी घट्नास्थलतर्फ बढेका छन्। घट्नाको थप विवरण भने आउन बाँकी छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology