समायोजन खबर खोटाङ, खोटाङमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा बालिकाको मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेस्थित कच्ची सडकमा बा ४१ प ८८१७ नम्बरको मोटरसाइकल दुर्घट्ना हुँदा सोही ठाउँकी ११ वर्षीया यार्मिया राईको मृत्यु भएको हो।
साउन १८ गते राती साढे ७ बजेको समयमा मोटरसाइकल अनियन्त्रित भई सडकभन्दा अन्दाजी ५ मिटर तल खस्दा घाइते भएकी बालिकालाई दिक्तेलस्थित फेमेली केयर अस्पतालमा सोमबार राती १२ : १५ बजे उपचारमा ल्याईएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको खबर अस्पतालबाट आएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा चारजना सवार थिए। अन्य तीनजना सामान्य घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका २६ वर्षीय जस कुमार राई, ११ वर्षीया समिक्षा राई र १० वर्षीया झरना राई रहेकी छन्।
मृतको शवलाई कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology