समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालय र उत्कृष्ट जीपीए ल्याउने सामुदायिक विद्यालयका विधार्थीलाई सम्मान गरेको छ।
असार २१ गते जिल्ला समन्वय समितिको सभाहलमा शैक्षिक सुधार घोषणा पत्र तथा वार्षिक कार्य योजना सार्वजनिक कार्यक्रममा विद्यालय र विधार्थीलाई नगदसहित सम्मान गरेको हो। शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा सरस्वती मावि दिक्तेलका छात्राछात्र नै नगरभित्र प्रथम, दोश्रो र तेश्रो भएका छन्।
छात्रतर्फ प्रथम हुने अनुपम आचार्य र जोमिन गुरुङलाई जनही नगद २५ हजारसहित सम्मान पत्र प्रदान गरिएको छ। आचार्य र गुरुङले समान ३.८० जीपीए ल्याएका थिए। ३.६८ जीपीए ल्याएर दोश्रो हुने डेगेन्द्र विकलाई १५ हजार, ३.६७ जीपीए ल्याएर तेश्रो हुने अनुपराज आचार्यलाई १० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ।
छात्रातर्फ ३.७६ जीपीए ल्याएर प्रथम हुने एलिसा बास्तोलालाई २५ हजार, ३.७० जीपीए ल्याएर दोश्रो हुने अञ्जली श्रेष्ठलाई १५ हजार, ३.६८ जीपीए ल्याएर तेश्रो हुने एलिजा आचार्यलाई १० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ।
यस्तै, एसईई परीक्षामा ९५.४५ प्रतिशत अंक ल्याई नगर प्रथम हुने ज्योति मावि जालपालाई ५० हजार, ९१.३ प्रतिशत अंक ल्याई दोश्रो हुने कालिका मावि नेर्पालाई ३० हजार र ८६.९६ प्रतिशत अंक ल्याई तेश्रो हुने पञ्च मावि दिक्तेललाइ २० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ।
उत्कृष्ट अंक र जीपीए ल्याउने विद्यालय र विधार्थीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई र जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले नगदर र सम्मानपत्र प्रदान गर्नुभएको थियो। नगरपालिकाका २१ वटा सामुदायिक मावि एसईई परीक्षामा सहभागी भएका थिए। जालपा मावि नुनथलाले भने एकैजना पनि विधार्थी उतिर्ण नगरी निल खाएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology