• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा कोदोको उत्पादन, ब्राण्डिङ र प्याकेजिङ सम्बन्धी तालिम

हलेसीमा कोदोको उत्पादन, ब्राण्डिङ र प्याकेजिङ सम्बन्धी तालिम


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ३१ २०८२

  • समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकाले कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ र प्याकेजिङ सम्बन्धी तालिम गराएको छ।

    ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा आम्दानीको आधार’ भन्ने नाराका साथमा जेठ २४ गतेदेखि महादेवस्थान वडा कार्यालयको सभाहलमा चलाईएको तालिम जेठ ३० गते समापन गरिएको छ।

    तालिममा कक्षा १२ को परीक्षा दिएर फुर्सदमा बसेका ११ जना विधार्थी र एकजना उद्यमीसहित १२ जना सहभागी थिए। खाना बस्नको व्यवस्थापन गरेर तालिममा सहभागी गराईएकाहरुले कोदोको कुकिज, कोदोको निम्की, कोदाकै डोनट, कोदोको मफिङजस्ता परिकार बनाई प्याकेजिङ गरी प्रदर्शन गरिएको थियो ।

    तालिमको सहजीकरण खाद्य प्राविधिक आर्जन गौतमले गरेका थिए। तालिममा सहभागीहरुले बनाएका कोदोका परिकारहरु नगरपालिकाले हलेसीमा सञ्चालन गरिरहेको कोशेली घरमा राखेर विक्री गरिने र पाहुनाहरुलाई उपहार स्वरुप प्रदान गरिने महादेवस्थानका वडाध्यक्ष एवंम् हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए।

    मेयर बिमला राईको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो। तालिमले युवाहरुलाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने, रैथाने कृषि उत्पादनको संरक्षर तथा संवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने मेयर राईले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology