• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भूमिहीन सुकुम्बासी,दलित र अव्यवस्थित बसोबासी ११६ जनालाई निस्सा वितरण

भूमिहीन सुकुम्बासी,दलित र अव्यवस्थित बसोबासी ११६ जनालाई निस्सा वितरण


समायोजन खबर
  • मंगलबार, जेष्ठ २८ २०८२

  • लाभग्राहीलाई निस्सा वितरण गर्नुहुँदै आयोगका अध्यक्ष निर्मल राई, मेयर बिमला राई र उपमेयर रमेशकुमार राउत

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ११६ जना भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ।

    भूमि प्राप्तीका लागि परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिएपछि मंगलबार नगरपालिकामा कार्यक्रम गरी निस्सा वितरण गरिएको हो।

    भूमि समस्या समाधान आयोग खोटाङका अध्यक्ष निर्मल राई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेशकुमार राउतले लाभग्राहीलाई निस्सा वितरण गरेका हुन्।

    निस्सा पाएका लाभग्राहीको नेपाल अधिराज्यभरका मालपोत कार्यालयमा तीनपुस्ते नामावली जाँच गर्दा कुनै पनि ठाउँमा जग्गा नदेखिएमा प्रक्रिया पुगेपछि उहाँहरुले जग्गा पाउने भूमि समस्या समाधान आयोगका अध्यक्ष राईले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology