• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विपद् प्रतिकार्य तथा अभ्यास मनसुन–५ को सेनाद्धारा प्रदर्शनी

विपद् प्रतिकार्य तथा अभ्यास मनसुन–५ को सेनाद्धारा प्रदर्शनी


समायोजन खबर
  • मंगलबार, जेष्ठ २१ २०८२

  • सामुदायिक विपद प्रतिकार्य तथा अभ्यास मनसुन–५ को प्रदर्शनी गर्दै सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत।

    समायोजन खबर खोटाङ, खोटाङमा रणभीम गण मुडे ब्यारेकका नेपाली सेनाले सामुदायिक विपद प्रतिकार्य तथा अभ्यास मनसुन–५ को प्रदर्शनी गरेको छ।
    जेठ २० गते दिक्तेलबजारको हाँटडाँडादेखि केही परको खोलामा अपर वाटर रिभर क्रसिङ रेस्क्यु अर्थात खोला वा नदीमा बाढी आउँदा फसेका व्यक्तिलाई खोलामाथिबाट डोरीको सहायतामा कसरी वारीपारी तार्ने र ट्याण्डम रेस्क्यु अर्थात पहिरोमा परेका वा फसेका व्यक्तिलाई कसरी उद्धार गर्ने भन्ने सम्बन्धी प्रदर्शनी गरिएको हो।
    प्रदर्शनीमा सेनासँगै प्रहरी र सशस्त्र प्रहरी पनि सहभागी थिए। मनसुन भित्रिएसँगै मनसुनजन्य विपद आईपरेमा कसरी उद्धार गर्ने भन्ने सन्देश दिनका लागि प्रदर्शनी गरिएको रणभीम गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेले बताउनुभयो।
    विपद व्यवस्थापन समितिको वैकठपछि उक्त प्रदर्शनी गरिएको हो। प्रदर्शनीले विपदसँग सामाना गर्नमा बल पुग्ने प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताउनुभयो।उक्त प्रदर्शनी अवलोकनका लागि विपद व्यवस्थापन समितिको वैठकमा सहभागीहरु प्रदर्शनीस्थल पुगेका थिए। नेपाली सेनाले प्रत्येक वर्ष विपद प्रतिकार्य तथा अभ्यास मनसुनको प्रदर्शनी गर्दै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology