• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक गर्‍यो तीनवर्षे उपलब्धि

हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक गर्‍यो तीनवर्षे उपलब्धि


समायोजन खबर
  • मंगलबार, जेष्ठ ७ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दोश्रो कार्यकालको तीन वर्षे मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ। दोश्रो कार्यकालको सपथ खाएको तीन वर्ष पुगेको उपलक्ष्यमा जेठ ६ गते दुर्छिमस्थित होलेसुङ रिसोर्टमा कार्यक्रम गरेर मुख्य–मुख्य उपलब्धिहरु सार्वजनिक गरेको हो।

    २०७९ को स्थानीय तहको निर्वाचनपछि हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र उपमेयरमा रमेश कुमार राउत कांग्रेसबाट निर्वाचित भएका थिए।

    निर्वाचितपछि जेठ ६ गते शपथ खाई कार्यभार सम्हालेका राई र राउतको टीमले तीन वर्षभित्र ९२ किलोमिटर बढी नयाँ सडक निर्माण, ५१२ किलोमिट बढी सडक स्तरोन्नती, २५ सय मिटर सडक ढलान, १८ किलोमिटर बढी सडकको नाली निर्माण, ११८३ मिटर बढी सडक सोलिङ, सडक सुरक्षाका लागि ४८६ घनमिटर ग्याबिन वाल र २३१ घनमिटर सुख्खा वाल लगाएको छ।

    खानेपानी तथा सिंचाई आयोजनाहरुमा लोचा खानेपानी आयोजनाबाट १७०० घरधुरी, सहरबोटे खानेपानी आयोजनाबाट एक हजार, रातमाटे चलाखु लिफ्ट खानेपानी आयोजनाबाट ८५०, बलुमबारी लिफ्ट आयोजनाबाट ९००, डिकुवा लिफ्ट आयोजनाबाट ८००, महादेवबेशी सोलार लिफ्ट आयोजनाबाट एक हजार घरधुरी लाभान्वित भएको सार्वजनिक गरिएको छ।

    जुकेखोला लिफ्टिङ खानेपानी आयोजनाबाट १६०, घोपाटार माझीगाउँ खानेपानी आयोजनाबाट ५५, दूधकोशी हात्तीटार लिफ्ट सिंचाई योजनाबाट १५, टिमुरे लिफ्ट सिंचाई योजनाबाट १२, कुर्ले रुपाटार सिंचाई आयोजनाबाट ७०० र २१ वटा सिंचाई योजना तथा कूलो निर्माण गर्दा ४३० घरधुरी लाभान्वित भएका छन्। २८.२ किलोमिटर पाइप लाइन विस्तार गरिएको छ।

    दुई जनालाई डेरी तथा बेकरी उधोेग सञ्चालनमा सहयोग गरिएको, कपास खेतीबाट कपास प्रसोधन गरी धागो उत्पादन तथा दुनाटपरी उधोगबाट ५५ जना लाभान्वित भएका छन्।

    एक करोडको १०० वटा उन्नत जातको भैसी वितरण, बदाम उत्पादन प्रोत्साहन कार्यक्रम अन्तर्गत ५ मुरीभन्दा बढी बदाम फलाउने ३४० घरधुरीका कृषकलाई १७ लाख अनुदान वितरण, ४० जना कृषक तथा कृषक समूहलाई लागत साझेदारीमा कृषि औजार वितरण, कृषि पशुपंक्षीसँग सम्बन्धित लघुउद्यमीलाई ऋणको व्याज अनुदान कार्यक्र सञ्चालन, एक टोल एक उत्पादन कार्यक्रम अन्तर्गत ९५ घरधुरी लाभान्वित भएको, ५९ वटा कुटानी पिसानी विधुतीय मिल वितरण र २०० जना महिला उद्यमीहरुलाई विुधतीय चुलो वितरण गरिएको नगरपालिकाले जनाएको छ।

    कृषि पोखरी अन्तर्गत २३० वटा रिचार्ज पोखरी निर्माण गरिएको छ। तीन वर्षमा २६ वटा पक्की विद्यालय भवन निर्माण गरिएको छ भने,२८ वटा विद्यालय भवन मर्मत गरिएको छ। नगर अस्पताल दुर्छिमबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिदै आएको छ।

    पर्यटनमा तुवाचुङ जायजुमडाँडामा वातावरणमैत्री मिनी ग्रेटवाल निर्माण, मञ्जुश्री पदमार्ग निर्माण, खोक्चिलिपा, सल्लेपोखरी, रक गार्डेन, लावाचुङ, भुम्जुगढी, होलेसुङगढी लगायत २६ वटा धार्मिकस्थलहरुको निर्माण तथा संवद्र्धन गरिएको, हलेसी धर्मशाला निर्माण अन्तिम चरणमा पुगेको तथा बडहरे, धितुङ, सल्ले र अर्खौलेमा व्यवस्थित पार्क निर्माण गरिएको छ।

    आफ्नै प्रशासनिक भवन निर्माणको तयारीमा जुटेको नगरपालिकामा सल्ले र राजापानीको वडा कार्यालय भवन निर्माणधिन अवस्था रहेको छ। दुर्छिमको वडा कार्यालय भवन निर्माण हुन बाँकी रहेको र अन्य सम्पूर्ण वडाहरुको भवन निर्माण भईसकेको नगरपालिकाले जनाएको छ।
    महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा कम बेरुजु ल्याउनेमा जिल्ला प्रथम, कोशी प्रदेशमा तेश्रो र देशभरमा १० औं स्थानमा आएको छ।
    नगरपालिकाको तीन वर्षे उपलब्धि सार्वजनिक कार्यक्रमको उद्घाटन जिल्ला न्यायाधीश नारायण प्रसाद दाहालले गर्नुभएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology