समायोजन खबर खोटाङ, खुला राष्ट्रिय टेवलटेनिस प्रतियोगितामा साइरा शाक्य, जयस्नु महर्जन र सुजन गदाल च्याम्पियन बनेको छ।
जुनियर महिलातर्फ एभिएम टेवलटेनिस क्लब ललितपुरकी साइरा प्रथम भएकी हुन्। उनले दश हजार, दोश्रो हुने सोही क्लबकी अर्सना महर्जनले पाँच हजार, तृतिय हुने खोटाङकी टोनिस्मा पोखरेल र ज्ञानु राईले दुई हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
जुनियर पुरुषतर्फ प्रथम भएका एभिएम टेवलटेनिस क्लब ललितपुरका जयस्नुले १५ हजार, दोश्रो हुने सोही क्लबका प्रजिल भट्टराईले सात हजार पाँच सय र तृतीय हुने रुपन्देहीका बुद्धिमान गुरुङ र समिर खत्रीले तीन हजार सात सय पचाससहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
सिनियर पुरुषतर्फ एभिएम टेवलटेनिस क्लब ललितपुरका सुजन प्रथम भए। उनले २५ हजार पुरस्कार पाए। दोश्रो हुने रुपन्देहीका बुद्धिमान गुरुङले १२ हजार पाँच सय र तृतीय हुने सुनसरीका सिदार्थ तामाङ र एभिएम टेवलटेनिस क्लब ललितपुरका प्रजिल भट्टराईले जनही छ हजार दुई सय पचाससहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा भइरहेको दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव अन्तर्गत बैशाख ३० गतेदेखि बैशाख ३१ गतेसम्म माटिकोरेस्थित बहुउद्देश्य कबर्डहलमा टेवलटेनिस प्रतियोगिता भएको हो।
लिककम नकआउटका आधारमा भएको प्रतिस्पर्धामा १९ वर्षमूनिको जुनियर महिलामा ४ जना, १९ वर्षमूनिको जुनियर पुरुषमा २४ जना र सिनियर पुरुषमा २६ जनागरी ५४ जनाले सहभागिता जनाएको थियो। महोत्सव अन्तर्गत अब जेठ ४ गते माटिकोरेस्थित बहुउद्देश्य कबर्डहलमै साहित्य महोत्सव हुने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सन्जय कुमार राईले बताए।
यो पनि पढ्नुहोस, बुद्धिचालको उपाधी पूर्वनेपाल च्याम्पियन नेपालीलाइ
यो पनि,हाफ म्याराथनको उपाधी आर्मीलाइ
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology