• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बराहपोखरी गाउँपालिकाले गर्‍यो सार्वजनिक सुनुवाई

बराहपोखरी गाउँपालिकाले गर्‍यो सार्वजनिक सुनुवाई


समायोजन खबर
  • बिहिबार, बैशाख २५ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिकाले वार्षिक सार्वजनिक सुनुवाई गरेको छ। गाउँपालिकाको प्राङगणमा बिहीबार आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई गरेको हो।
    सार्वजनिक सुनुवाईमा २६ जना नागरिकले गाउँपालिकाको सेवा प्रवाहका विषयमा सीधा प्रश्न गरेका थिए।

    नागरिकबाट आएका प्रश्नहरुको गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, प्रमुख प्रशासकीय अधिकृत दिल कुमार अधिकारी, लेखा अधिकृत छत्र बहादुर बानियाँ, शिक्षा अधिकृत विज्ञान राउत, सम्बन्धित वडाका वडाध्यक्षहरुले जवाफ दिएका थिए।
    रोदिक मिडिया नेटवर्क प्रालिको सहजीकरण र गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा लेखा अधिकृत बानियाँले चालू आर्थिक वर्षको कूल बजेट ३२ करोड ९२ लाख ३५ हजार मध्ये ५८.५७ प्रतिशत खर्च भएको बताए। जसमा चालूतर्फ ६३.६४ प्रतिशत र पूजीगततर्फ ४७.९४ प्रतिशत खर्च भएको छ।
    गाउँपालिकाको ६ वडामा उपभोक्ता समितिमार्फत ६७ वटा योजना सम्झौता भएकामा ४१ वटा योजना सम्पन्न भएको छ। २६ वटा योजना सम्पन्न हुन बाँकी छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology