समायोजन खबर खोटाङ,राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले चैत १५ गते काठमाण्डौ तीनकुनेमा भएको घट्नाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार प्रमुख जिल्ला अधिकारीमाफर्त ज्ञापनपत्र पठाउँदै भविष्यमा त्यस प्रकारको घट्ना नदोहोरीनका लागि निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका हो।
तीनकुने घट्नाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न, छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ को दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बनको माग गरिएको राप्रपा जिल्ला अध्यक्ष ललितकुमार राईले बताए।
यस्तै, मृतक सबिन महर्जन र पत्रकार सुरेश रजकलाई शहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्न,झुठा मुद्दा खारेजी र निर्दोषहरुको रिहाई गर्न, घाईतेहरुको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न र पार्टीले पेश गरेका ४० बुंदे माग उपर नवीन समझदारीका लागि वार्ता टोलीको गठन गर्न माग गरिएको छ।
तीनकुनेमा निहत्था प्रदर्शनकारीमाथि एकैदिन ७४६ राउण्ड अश्रुग्यास, १९२ ब्ल्याङक राउण्ड फायरिङ, ५८ राउण्ड हवाई फायर, कार्टिज(छर्रा) २३९ र पेस्तोलबाट २ राउण्ड गोली चलेको प्रहरीबाट विवरण आएको तर, सशस्त्र प्रहरीबाट चलेको गोलीको विवरण अझै सार्वजनिक नभएको विज्ञप्तिमा उल्लेख छ।
प्रदर्शनमा यति धरै फायरिङ गर्नुपर्ने, प्रदर्शनकारी पछि हटिरहेको बेला किन गोली चल्यो, गल्लीमा रहेका नागरिक कसरी घाईते भए, सभामा भाग लिएको राप्रपा नेता रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई ‘राज्य विरुद्धको अपराध’ जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाईयो ? यस्ता प्रश्नको उचित जवाफ नआएसम्म सरकार स्वयं उक्त दिनको प्रदर्शनलाई हिंसामा परिणत गर्न योजनाबद्ध तयारीमा थियो भन्ने अभियोगबाट मुक्त हुन सक्ने देखिन्दैन। विज्ञप्तिमा भनिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology