• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाआमाविहीन बालबालिकालाई आर्थिकसहित खाद्यान्न र लत्ताकपडा सहयोग

बाआमाविहीन बालबालिकालाई आर्थिकसहित खाद्यान्न र लत्ताकपडा सहयोग


समायोजन खबर
  • बिहिबार, चैत्र २० २०८१

  • सहयोगपछि सामूहिक तस्विर खिचाउँदै केपिलासगढी सचेत युवा समुहका युवाहरु लगायत।

    समायोजन खबर खोटाङ, आमाबुबा गुमाएका केपिलासगढी गाउँपालिका–१ फेदी चित्रेका बालबालिकालाई केपिलासगढी सचेत युवा समुहले आर्थिकसहित खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ।

    केपिलासगढी सचेत युवा समुहले बिहीबार घरैमा पुगेर बालबालिकाका लागि ५३ हजार आर्थिक सहयोग गरेको हो।

    ५३ हजारमध्येमा सात हजार नौ सयको लत्ताकपडा, सिरक, डस्ना, सिरानी र ११ हजार ६४० रुपैयाँको खाद्यान्न खरीद गरेर उक्त सामाग्रीहरुसहित ३३ हजार ४६० रुपैयाँ नगद सहयोग गरिएको सचेत युवा समुहका प्रतिनिधि पवन श्रेष्ठले बताए।

    बुबा जबरधन राईको भतिजसँग झगडा हुँदा ज्यान गएको र आमाको पनि निधन भएपछि पाँचजना बालबालिकाका आमाबुबा विहीन भएका हुन्।

    पाँचजना बालबालिकामा चारजना विद्यालय जाने गरेका छन्। उनीहरुलाई दिदी मात्रिकला राईले लालनपालन गरिरहेको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताए। वडाध्यक्ष राईका अनुसार मात्रिकला पनि शाररिक रुपले अशक्त छिन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology