• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल अंग्रेजी आवासीय माविलाई आईएसओ लोगो हस्तान्तरण

दिक्तेल अंग्रेजी आवासीय माविलाई आईएसओ लोगो हस्तान्तरण


समायोजन खबर
  • बुधबार, चैत्र १९ २०८१

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालय अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको प्रमाणपत्र लिने प्रक्रियामा छिरेको छ।  विद्यालय स्थापनाको ३३ वर्षपछि उच्च गुणस्तर तथा संस्कारसहितको शिक्षा प्रदान गराउने लक्ष्यले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण प्रमाणपत्र लिने प्रक्रियामा छिरेको हो।

    अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणले तोकेका करीव ५० वटा इण्डिकेटरमध्ये २० प्रतिशत काम सम्पन्न गरेपछि बुधबार विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओको लोगो हस्तान्तरण गरिएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको प्रमुख आतिथ्यमा विद्यालयमा कार्यक्रम गरेर अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणसँग काम गर्ने ग्लोबल क्वालिटी काउन्सिलका आधिकारीक नेपाल प्रतिनिधि सुदीप शर्माले विद्यालय व्यस्थापन समिति अध्यक्ष नुरकाजी सैंजु र प्रधानाध्यापक धनकर्ण श्रेष्ठलाई आईएसओ लोगो हस्तान्तरण गरेका हुन्।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट, रणभीम गण मुढे ब्यारेकका गणपति प्रमुख सेनानी केदार प्रसाद लामिछाने लगायतको उपस्थिति थियो।

    विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणले तोकेका करीव ५० वटा इण्डिकेटर वर्षदिनभित्र पूरा गर्नुपर्नेछ। त्यसपछि मात्रै विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसका लागि विद्यालय हिजोका दिनमा भन्दा आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्नमा लागि परिरहेको प्रधानाध्यापक धनकर्ण श्रेष्ठले बताए।

    अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको प्रमाणपत्र लिने प्रक्रियामा छिर्ने यो विद्यालय जिल्लाको मात्रै नभई कोशी प्रदेशभित्रकै पहिलो विद्यालय हो। २०४८ सालमा स्थापना भई पठनपाठन भईरहेको विद्यालयले प्री नर्सरीदेखि १२ कक्षासम्म अध्ययन अध्यापन गराउँदै आएको छ। विद्यालयमा हाल १४०० विधार्थी अध्ययनरत छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology