• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बार्दलीबाट लडेर गम्भीर घाईते भएकी बालिकाको मृत्यु

बार्दलीबाट लडेर गम्भीर घाईते भएकी बालिकाको मृत्यु


समायोजन खबर
  • शनिबार, चैत्र ८ २०८१

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा बार्दलीबाट लडेर गम्भीर घाईते भएकी बालिकाको उपचारमा लैजादै गर्दा मृत्यु भएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका अशोक पोखरेलको २१ महिनाका छोरी अनुपोयाको मृत्यु भएको हो।

    दिक्तेलको रत्नपार्कस्थित मान कुमारी राईको घरमा डेरा गरी बसेको अवस्थामा शुक्रबार साँझ ६ः१५ बजे बार्दलीबाट लडेका अनुपोयालाई तत्काल जिल्ला अस्पतालमा उपचारमा लगिएको थियो।

    लडेर गम्भीर भएकी अनुपोयालाई थप उपचारका लागि राती ८ बजे मामा विष्णुप्रसाद ढुङगानाले सुमोमार्फत अन्नपूर्ण अस्पताल काठमाण्डौ लैजादै गर्दा राती १२ बजे जयरामघाट पुग्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    बालिकाको शबलाई जिल्ला अस्पताल ल्याई कानुनी प्रक्रिया सुरु गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology