समायोजन खबर खोटाङ, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नी पीडित १० परिवारलाई राहत रकम प्रदान गरेको छ।
आगलागीबाट पूर्ण क्षति व्यहोरेका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा बागखोरका अदम राई, नगेन्द्र राई, सम्बर राई, पविन्द्र राई, कृष्ण बहादुर राई, चयन राई, हिराधन राई र टंक बहादुर राईलाई १० हजारका दरले शुक्रबार राहत प्रदान गरेको हो।
आंशिक क्षति भएका कृष्ण बहादुर राई र छोटा राईलाई ५ हजारका दरले राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिए।
राहत रकम डिकुवाका वडाध्यक्ष देबेन्द्र राई र कोषका अध्यक्ष भोगेन राईले हस्तान्तरण गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology