• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सवारी दुर्घट्नाका घाईतेलाई काठमाण्डौ पठाईयो

सवारी दुर्घट्नाका घाईतेलाई काठमाण्डौ पठाईयो


समायोजन खबर
  • मंगलबार, फाल्गुन १३ २०८१

  • दुर्घट्नामा परेको सुमो र मोटरसाईकल।

    समायोजन खबर खोटाङ, सुमो र मोटरसाईकल ठोक्किएर दुर्घट्नामा परेका घाईतेलाई काठमाण्डौ पठाईएको छ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका मोटरसाइकल चालक ४५ वर्षीय मदन कुमार गिरी र उनका पछाडी बस्ने सोही ठाउँका ५६ वर्षीय लक्ष्मी प्रसाद गिरीलाई थप उपचारका लागि काठमाण्डौ पठाईएको हो।

    मंगलबार बिहान मध्यपहाडी लोकमार्गको नुनथलास्थित पानीट्याङकी अगाडी दिक्तेलतर्फ आउदै गरेको ना १ ज ६२१९ नम्बरको सुमो र विपरीत दिशाबाट जाँदै गरेको बा ९३ प १९१३ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा उनीहरु घाईते भएका थिए।

    घाईतेको जिल्ला अस्पतालमा हुने उपचारपछि थप उपचारको लागि काठमाण्डौ पठाईएको जिल्ला अस्पतालका निमित्त प्रमुख रुपेश संग्रौलाले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology