समायोजन खबर खोटाङ, रणभीम गण मुडे ब्यारेकले महाशिवरात्रीको अवसरमा (रन फर फन) नाम दिएर दौड प्रतियोगिता गराउने भएको छ। फागुन १२ गतेदेखि सुरु हुने महाशिवरात्री विविध कार्यक्रम अन्तर्गत फागुन १४ गते महिला र पुरुषको दौड प्रतियोगिता गराउने भएको हो।
दौड दिक्तेलबजारको रत्नपार्क गेटबाट जिल्ला प्रहरी कार्यालय हुँदै दुरसञ्चार कार्यालय पुगेर जिल्ला अस्पताल हुँदै अल्छेढुंगा, सोल्मा पुगी पूनः अल्छेढुंगा, रत्नपार्क गेटबाट डिभिजन वन कार्यालय हुँदै माटिकोरे खेलमैदानसम्म १०.५ किलोमिटर हुनेछ।
दौड प्रतियोगिताको पुरुषतर्फ प्रथमले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ३ हजार तथा महिलातर्फ प्रथमले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार पुरस्कार पाउने छन्।
यस्तै, फागुन १२ गतेदेखि १४ गतेसम्म अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता हुनेछ। भलिबल प्रतियोगिताका प्रथमले १५ हजार र दोश्रोले ७ हजार ५०० सहित प्रमाणपत्र र मेडल पाउनेछन्।
यसैगरी, फागुन १४ गते सातै प्रदेशको प्रतिनिधित्व हुने गरी विविध नृत्य तथा खोटाङ जिल्लाको विशेष कला, संस्कृति, भेषभुषा झल्किने साकेला नृत्य प्रदर्शनी र नेपाली सेना सम्बन्धी जानकारीमूलक फ्लेक्स तथा पोशाक प्रदर्शनी गरिनेछ।
अन्य सम्पूर्ण कार्यक्रमहरु माटिकोरे खेलमैदानमा हुने रणभीम गणका गणपति प्रमुख सेनानी केदार प्रसाद लामिछानेले बताउनुभयो। लामिछानेका अनुसार अहिले खेलमैदानमा सजिसजावटको काम भईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology