समायोजन खबर खोटाङ, महुरेगढी बहुप्राविधिक शिक्षालयले जिल्लाभरीका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको छ। नयाँ भर्ना तथा समसामयीक विषयमा मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया गरेको हो।
अन्तरक्रियामा प्रअहरुको उल्लेख्य उपस्थिति थिएन। अन्तरक्रियामा शिक्षालय प्रमुख निरज चौधरीले शिक्षालयको शैक्षिक, भौतिक, मानव श्रोत साधन, भर्ना दर, भर्ना शुल्क, आगामी कार्य योजना प्रस्तुत गर्नुभएको थियो।
वन प्रशिक्षक प्रताप रिजालले शिक्षालयमा अध्ययन अध्यापन हुँदै आएको डिप्लोमा ईन सिभिल ईन्जिनिरिंग र डिप्लोमा ईन फरेष्ट्रीका वारेमा जानकारी गराएका थिए। रिजालका अनुसार शिक्षालयमा छोटो अवधिको तालिम पनि सञ्चालन हुँदै आएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदको आंगिक शिक्षालयले डिप्लोमा ईन सिभिल ईन्जिनिरिंग र डिप्लोमा ईन फरेष्ट्रीका लागी पूर्णशुल्कतर्फ धरौटी भ्रमणसहित तीन वर्षका लागि ६० हजार र प्रथम वर्षको भर्नाको समयमा २६ हजार तथा लक्षित वर्ग छात्रवृत्ति तर्फ धरौटी, भ्रमणसहित तीन वर्षका लागी ४० हजार र प्रथम वर्षको भर्नाको समयमा १४ हजार ४०० शुल्क लाग्ने जनाएको छ।
अन्तरक्रियामा शिक्षालय प्रमुख चौधरीले वर्तमान अवस्थामा प्राविधिक शिक्षाको माग धेरै भए पनि शिक्षालयमा विधार्थीको संख्या भने न्युन भईरहेको बताउनुभयो। शिक्षालयले जिल्लाका लागि सातवटा छात्रवृत्ति कोटा समेत निर्धारण गरेकाले आफ्नै घरको खाना खाएर शिक्षालयको भरपुर उपयोग गर्न गराउनमा प्रअहरुको महत्वपूर्ण भूमिका हुने शिक्षालय प्रमुख चौधरीले बताउनुभयो।
अन्तरक्रियामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संविधानसभा सदस्य दुर्गाजयन्ती राईको उपस्थिति थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology