• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीबजारका अग्नि पीडितलाई प्रदेश सरकारले पठायो ८ बोरा चामल

हलेसीबजारका अग्नि पीडितलाई प्रदेश सरकारले पठायो ८ बोरा चामल


समायोजन खबर
  • सोमबार, फाल्गुन ५ २०८१

  • अग्नि पीडितलाई ब्ल्याङकेट वितरण गर्नुहुँदै कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पीके।तस्विर सौजन्य:पीके राईको सचिवालय

    समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारका अग्नि पीडितका लागि कोशी प्रदेश सरकारले ८ बोरा चामल लगायतका जिन्सी सामान पठाएको छ।

    कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राहत वितरण व्यवस्थापन समितिको निर्णयअनुसार सोमबार २५ केजीको ८ बोरा चामल, ब्ल्याङकेट १० थान, रहर दाल १६ केजी, तेल ८ लिटर, नुन ८ प्याकेट र १० थान त्रिपाल पठाएका हुन्।

    प्रदेश सरकारले पठाएका सामाग्रीहरु आफूले बुझेर अग्नि पीडित प्रकाशचन्द्र गिरी र भरणशेर राईलाई दुई–दुई थान त्रिपाल दिएर बाँकी सामान आगलागीबाट बढी क्षति व्यहोरेका पदमशेर राई र ऐराख राईलाई बराबरी बाँडेर दिईएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए।

    प्रदेश सरकारबाट आएका सामाग्रीहरु कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पीकेले वितरण गरेका हुन्।

    आईतबार साँझ ७ बजे पदमशेर राईको काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा रहेको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा उनको घर,घरको दोश्रो तलामा रहेको निर्धनउत्थान लघुवित्त संस्थाको कार्यालय जलेर नष्ट हुँदा राईको मात्रै चार करोडको क्षति भएको थियो।

    पदमशेरकै घरको बायाँ साइडमा रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र पछाडीसँगै रहेको निजकै काठको दुईतले घरमा पुर्ण क्षति हुँदा दुई करोड ५० लाखको क्षति भएको थियो।
    यस्तै, दाहिने साइडमा रहेको प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणशेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाख गरी सात करोड ३० लाखको क्षति भएको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology