• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीबजारको आगलागी नियन्त्रणमा आयो, तीन घर जल्दा करोडौको क्षति

हलेसीबजारको आगलागी नियन्त्रणमा आयो, तीन घर जल्दा करोडौको क्षति


समायोजन खबर
  • आइतबार, फाल्गुन ४ २०८१

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा लागेको आगो नियन्त्रणमा आएको छ।

    फागुन ४ गते अन्दाजी साँझ ७ बजे स्थानीय पदमशेर राईको हार्डवयर पसलमा एक्कासी लागेको आगो राती करीव ९ बजे नियन्त्रणमा आएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

    पदमशेरको घरबाट सुरु भएको आगोले छिमेकी अ‍ैराख राई र प्रकाशचन्द्र गिरीको घर पुर्णरुपमा जलेको छ। पदमशेरले पुजा स्टोर नामको हार्डवयर पसल, प्रकाशचन्द्रले हलेसी दर्शन होटल र अ‍ैराखले कल्याण होटल सञ्चालन गर्दै आएका थिए। तीनैवटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

    नेपाल प्रहरी, शसस्त्र प्रहरी, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रहरी, स्थानीयले जेसिभी, ट्याक्टर, ट्याङकरको सहायतामा आगो नियन्त्रणमा लिएको हो। दमकल नहुँदा र पानीको अभावमा आगो निभाउन सकस भएको थियो

    आगो नियन्त्रणमा आएकाले खतरामुक्त भईएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभया। आगलागीबाट भौतिक आर्थिक गरी करोडौको क्षति भएको छ। मानवीय क्षति भएको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology