समायोजन खबर खोटाङ, जनता समाजवादी पार्टी नेपाल खोटाङको अध्यक्षमा सुनिल राई चयन भएका छन्। फागुन ३ गते पार्टीका केन्द्रीय सहअध्यक्ष रकम चेमजोङको प्रमुख आतिथ्यमा दिक्तेलमा भएको पार्टी पुनर्गठनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका राई अध्यक्षमा चयन भएका हुन्।
राईको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समिति पुनर्गठन गरिएको फागुन ३ गते साँझ दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ। जसपा नेपालको उपाध्यक्षमा हौचुरका गणेश खड्का र सोल्माका धनिराम नछुङ, सचिवमा वुईपाका हंशराज राई तथा कोषाध्यक्षमा बतासेका शान्तीकला राई चयन भएका छन्।
पार्टी पुनर्गठन कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव राजकुमार राई, केन्द्रीय कार्यकारिणी सदस्य डा.केके राई, केन्द्रीय सदस्य प्रेम राई, प्रदेश १ अध्यक्ष दीपक याक्खा, किरात राष्ट्रिय समिति अध्यक्ष धनकुमार राई लगायतका नेताहरुको उपस्थिति थियो।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य प्रेम राईले जसपा भन्ने पार्टी नै नरहेको ऐन, सरकार र निर्वाचन आयोगको बल मिच्याईले टिकीरहेको बताए।
सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश जनता र राष्ट्रको हितविपरीत भएकाले सरकारले उक्त अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालका सहअध्यक्ष चेमजोङले बताउनुभयो।
जसपा नेपालले हेलिप्याडमाथि १० वर्षलाई भाडाको जग्गामा पार्टी कार्यालय निर्माण गरेर सञ्चालन गरेको भए पनि सम्झौता अवधि सकिएकाले अब दिक्तेलबजारमा चाँडै पार्टी कार्यालय स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology