समायोजन खबर खोटाङ, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले नेर्पाको संसारीडाँडामा अवस्थित खेलमैदान स्तरोन्नती गर्न वजेट व्यवस्थापन गर्ने बताउनुभएको छ।
नेर्पा स्पोर्ट्स क्बल नेर्पाले आयोजना गराएको तेश्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको समापनमा बोल्नुहुँदै मन्त्री राईले आगामी आर्थिक वर्षको वजेटमा खेलमैदान स्तरोन्नतीका लागि वजेट व्यवस्थापन गर्ने बताउनुभएको हो।
उक्त खेलमैदान नेर्पा स्पोर्ट्स क्लबको मातहतमा छ। खेलमैदानको डिपिआर गरेको भए अहिले नै डिपिआर दिनुहोस, डिपिआर गराउनु भएको छैन भने गराउनुहोस। वजेट व्यवस्थापन म गर्छु। अर्का पटक खेल हेर्न आउँदा कम्तीमा खेलमैदान धुलाम्मे नै भए पनि बजेट छुट्टिएको छ भनेर ढुक्क हुन पाउँ। मन्त्री राईले भन्नुभयो।
यस्तै, मन्त्री राईले अर्को प्रसंगमा नेर्पाको संसारीडाँडा–बंगुर फर्म–गुप्तेश्वर सडक स्तरोन्नती गर्न चालू आर्थिक वर्षमै वजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology