समायोजन खबर खोटाङ, जलनको उपचार गराउन काठमाण्डौ जाँदै गरेका केपिलासगढी गाउँपालिका–३ बासपानीका ५६ वर्षीया मायादेबी गुरुङ, छोरा पुजन र बहिनी ताराले बाटोमै ज्यान गुमाउनु परेको छ।
कसरी भयो घट्ना
बासपानीका वडाध्यक्ष तुलाराम राईका अनुसार माघ १६ गते दिउँसो घरमा बोतलमा राखिएकोे पेट्रोललाई मायादेबीले अन्जानमा रक्सी ठानेर चुल्होमा आगो बालेर कराईमा तताउन लागिन। मायादेबीले पेट्रोललाई चिन्न नसक्नु नै घट्नाको मुख्य कारण बन्यो।
पेट्रोललाई कराइमा लगाउने बितिक्कै आगोले टिप्दा मायादेबी जल्न पुगिन । त्यसपछि परिवारले उनलाई जिल्ला अस्पताल दिक्तेल उपचारमा पु¥यायो।
जिल्ला अस्पतालका निमित्त प्रमुख डा.रुपेश संग्रौलाका अनुसार उनलाई साँझ साढे ५ बजेपछि अस्पतालमा ल्याईएको थियो। डाक्टरले चेकजाँच गरेपछि उनको उपचार जिल्ला अस्पतालमा संम्भव भएन। मायादेबीको शरीर २० प्रतिशत जलेको थियो।
उनलाई काठमाण्डौ जान सल्लाह दिए । काठमाण्डौमा मायादेबीको आफन्त रहेको उनीहरुले डाक्टरलाई बताएका थिए। घाइते बिरामीका आफन्त र डाक्टरबीच सल्लाह भएपछि उनीहरु काठमाण्डौ जान तयार भए।
सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एम्बुलेन्समा जान खोज्दा भाडा महंगो भएपछि १५ हजारमा सुमो रिर्जभ गरेर राती १० बजेपछि उनीहरु काठमाडौतर्फ लागेका थिए।
तर, मायादेवीलाई उपचारमा लादै गरेको ना १ ज ६४२१ नम्बरको सुमो माघ १६ गते राती नै सिद्धिचरण राजमार्गस्थित ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित भडारेखोलामा दुर्घट्नामा प¥यो।
दुर्घट्ना राती कतिबेला, के कारण भयो यक्किन भएको छैन । तर, प्रहरी चौकी हर्कपुरलाई माघ १७ गते बिहान ८ :१० बजे खबर आयो । ८ :१५ मा प्रहरी परिचालन भयो । घट्नास्थलमा ८ : ३५ मा बरिष्ठ हबल्दार रमेश प्रसाद कुर्मीको टोली पुग्यो।
प्रहरी घट्नास्थलामा पुगेर कानुनी प्रक्रिया गर्दा मायादेबीसहित छोरा २८ वर्षीय पुजन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी उनकी बहीनी ४५ वर्षीया तारा गुरुङको घट्नास्थमै मृत्यु भएको थियो।
सुमो चालक सुनसरी ईनरुवा नगरपालिका–२ बस्ने अनिल पंडित फरार रहेका छन्। उनको खोजतलास भईरहेको छ। सुमो सडकबाट अन्दाजी ५५ मिटर तल खसेर दुर्घट्ना भएको थियो।
अहिले सबै कानुनी प्रक्रिया सकिएको, गाडीका धनी आईसकेको, मृतक ताराका छोरा काठमाण्डौबाट आउँदै गरेकाले शब उठाउन बाँकी रहेको छ। गाडीले सडकको दुईवटा पोलसमेत हानेको पाईएको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology