• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कविता प्रतियोगितामा समाविका आचार्य प्रथम

कविता प्रतियोगितामा समाविका आचार्य प्रथम


समायोजन खबर
  • आइतबार, पौस २१ २०८१

  • कविता प्रतियोगिताका प्रथम रचना आचार्यलाई पुरस्कार प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायत।

    समायोजन खबर खोटाङ, रणभीम गण मुडेले आयोजना गरेको कविता प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा कक्षा–९ मा अध्ययनरत छात्रा रचना आचार्य प्रथम भएकी छन्।

    ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आईतबार गणभित्र भएको प्रतियोगितामा नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै रचना प्रथम भएकी हुन्।
    ‘पृथ्वी नारायण शाह’ शीर्षक कवितामा दिक्तेल आचार्य गाउँकी रचना प्रथम हुँदा माउण्ट एभरेष्ट बोडिङ स्कुल दिक्तेलमा अध्ययनरत प्रेमकुमार पुरी दोश्रो र दिक्तेल अंग्रेजी आवासीय विद्यालय दिक्तेलमा अध्ययनरत छात्रा अस्मिता रम्तेल तेश्रो भएकी छन्।
    जिल्लाका पाँच विद्यालयबाट दुई/दुईजना विद्यार्थी प्रतियोगितामा सहभागी थिए। सिद्धेश्वरी आधारभूत विद्यालय मुडेका शिक्षक टेक बहादुर तामाङ, गणमा कार्यरत क्याप्टेन सुजन दुरा र हवल्दार मनिष पौडेल कविता प्रतियोगिताका निर्णायक थिए।
    विजयी विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट, रणभीम गणका गणपति सेनानी केदार प्रसाद लामिछाने र प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले पुरस्कार वितरण गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology