समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी तुर्खाका शिवनाथ राईको घरमा विद्युत सर्ट भई आगलागी भएको छ।
पुस ८ गते राती ८ः३० बजे ढुंगा,माटो, काठ र खरको छानो भएको दुईतल्ले घरमा आगलागी हुँदा दुई लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा पूर्णरुपमा जलेको छ। आगोलाई स्थानीयवासीले दुई घण्टापछि नियन्त्रणमा लिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology