समायोजन खबर खोटाङ, दिक्तेलबजारको हाटडाँडादेखि मझुवागढी,कालिका भगवती मन्दिर जाने सडक ढलान गर्ने तयारी गरिएको छ।
सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको १ करोड ८५ लाख ६२ हजार ९०२ रुपैयाँमा ६०० मिटर सडक ढलान गर्नेगरी तयारी गरिएको हो। सडकको चौडाई ५ मिटर हुनेछ।
उक्त सडकको ठेक्का ममता/पिआर/मोहन एण्ड व्यासीगाउँ जेभी दिक्तेलले पारेको छ। निर्माण कम्पनीले आगामी असार मसान्तसम्म सडक ढलान गर्नेगरी कार्यालयसँग सम्झौता गरेको छ।
सडकको शनिबार प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले हाटडाँडामा शिलान्यास गरेकी छन्। कच्ची सडक हुँदा दिक्तेलबजारबाट धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी र कालिका भगवती मन्दिर आउँजाउँ गर्न दर्शनार्थी तथा पर्यटकलाई सकस हुँदै आईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology