समायोजन खबर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको सबै पदमा निर्विरोध चयन भएको छ।
निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा हरिबोल आचार्य निर्विरोध चयन भएका छन्। आचार्य प्रेस चौतारीका केन्द्रिय सदस्य एवंम् कोशी प्रदेशका सह–इन्चार्ज हुन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा चिसाङ शेर्पा,महिला उपाध्यक्षमा सविना परियार अछामे, सचिवमा राजकुमार भट्टराई, सह–सचिवमा मनोज आचार्य, समावेशी सचिवमा राजन ठटाल र कोषाध्यक्षमा उजुर राई चयन भएका छन्।
सदस्यहरुमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल चयन भएका छन्। केन्द्रीय परिषद सदस्यमा दिलीप खत्री, प्रदेश परिषद सदस्यहरुमा केदार मगर, उत्तम चौलागाँई र लोकमणि रिजाल रहेका छन्।
खोटाङमा ३१ जना महासंघको सदस्य छन्। उनीहरुले भोली(शुक्रबार) प्रदेश कार्य समिति र केन्द्रीय कार्य समितिलाई मतदान गर्ने मुख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology