• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महिला फुटबल प्रतियोगिता,आयोजकको विजयी सुरुवात,केवाईसी हलेसी स्तब्ध

महिला फुटबल प्रतियोगिता,आयोजकको विजयी सुरुवात,केवाईसी हलेसी स्तब्ध


समायोजन खबर
  • शनिबार, मंसिर ८ २०८१

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हलेसी तुवाचुङ नगरपालिकाले विजयी सुरुवात गरेको छ। प्रतिद्धन्द्धी साकेला सिली सल्लेलाई २–१ गोलले पराजित गर्दै आयोजकले विजयी सुरुवात गरेको हो।

    लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरसँगै “मेरो गोल, लैङिगक हिंसा विरुद्धको बोल” नाराका साथमा मंसिर ८ गते महादेवस्थानको बसाहाथान खेलमैदानमा भएको पहिलो खेलमा आयोजकका तर्फबाट खेलाडी रिन्स मगरले २ गोल गरेकी थिईन्। सल्लेकी विना राईले गरेको सुरुवाती एक गोल विरुद्ध २ गोल गरेपछि आयोजकले स्वतःउपल्लो यात्रा तय गरेको हो।

    प्रतियोगिताको दोश्रो खेल अन्तर्गत केवाइसी हलेसी कात्तिकेलाई ३ गोल गर्दै प्रगतिशील सेवा समाज खर्क बाहुनीडाँडाले पनि अघिल्लो यात्रा तय गरेको छ । बाहुनीडाँडाकी खेलाडी चाहना राईले २ गोल र विपना राईले १ गोल गर्दा केवाइसी हलेसी कात्तिके स्तब्ध भएको छ।

    प्रतियोगिताका लागि खोटाङ, ओखलढुंगा र भोजपुरका १६ टिमले सहभागिता जनाएको छ। प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय अर्खौले–पदमा स्पोर्टस क्लब ओखलढुंगा, नवजीवन ज्योति बाहुनीडाँडा–सुदेबी महिला फुटबल क्लब, महाविर फुटबल क्लब दुर्छिम–भोजपुरबीच प्रतिस्पर्धा हुनेछ।यस्तै, जन्तेढुंगा गाउँपालिका–जनजागरण युवा क्लब झापा, साकेला सिली दुर्छिम–महादेवस्थान तथा हलेसी ए र रिनुवल फुटबल क्लब ओखलढुंगाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमीफाइनलिष्ट दुई टिमले जनही २२ हजार २२२ रुपैयाँ र प्रमाणपत्र पाउनेछन्।

    १० मंसिरसम्म चल्ने फुटबल प्रतियोगिताको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका हुन्। खेलको माध्यमबाट महिलाहरुको शक्ति प्रदर्शन गर्नका लागि खुल्ला महिला फुटबल प्रतियोगिता गराईएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन्।

    प्रतियोगिताको निर्णायकमा खोटाङकै महिला रेफ्रि शशी राई, रोदिना राई र युनिसा राईसहित अन्य दुईजना पुरुष निर्णायक रहनेछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology