• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बुवाखोलामा पक्की पुल शिलान्यास

बुवाखोलामा पक्की पुल शिलान्यास


समायोजन खबर
  • शुक्रबार, मंसिर ७ २०८१

  • पुल शिलान्यास गर्नुहुँदै कोशी प्रदेसका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राई लगायत।

    समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी–देविस्थान–मैनटार हुँदै बराहपोखरी गाउँपालिका–५ पौवासेरा सडकखण्डको बुवाखोलामा पक्की पुल शिलान्यास गरिएको छ।

    कोशी प्रदेस भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय उदयपुरको आर्थिक सहयोगमा बन्ने पुलको मंसिर ६ गते योजनास्थलमा सार्वजनिक सुनुवाई गरेर कोशी प्रदेसका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले पुलको शिलान्यास गरेका हुन्।

    पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय उदयपुरसँग निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुरिया जेभी त्रियुगाले २०८१ बैशाख ३० गते भ्याट र पिएससहित १७ करोड ५८ लाख ७९ हजार ७२९ रुपैयाँ ७१ पैसामा ठेक्का सम्झौता गरेको थियो।

    उक्त कम्पनीले २०८३ कात्र्तिक २१ गतेसम्म पुल निर्माण गरिसक्नुपर्नेछ। प्री–स्ट्रेस पक्की मोटरेबल पुलको लम्बाई १४८.४० मिटर र चौडाई ८.५० मिटर हुनेछ। पुल निर्माणमा प्रादेशिक सडक पुल सहयोग एकाई ईटहरीले प्राविधिक सहयोग गर्नेछ।
    पुल शिलान्यास कार्यक्रममा जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology