समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारको पोखरीस्थित सरस्वती आधारभूत विद्यालयका स्वर्गीय प्रधानाध्यापक मेघराज धमलाको सम्झनामा “मेघराज धमला स्मृति प्रतिष्ठान” दर्ता गर्नेगरी प्रक्रिया सुरु गरिएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्यगाउँ निवासी स्वर्गीय धमलाको १२ औं पून्यतिथि आईतबार प्रतिष्ठान दर्ता गर्नेगरी प्रक्रिया सुरु गरिएको हो।
युवा नेता गोपाल आचार्य, पत्रकार हरिबोल आचार्य, साडुभाइ ओमप्रकाश घिमिरे लगायतको पहल तथा धमला परिवार र शुभेच्छुकहरुको सहयोगमा स्मृति प्रतिष्ठान दर्ता गर्नेगरी स्वर्गीय धमलाका माईला दाई यादव धमलाको अध्यक्षतामा १० सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
तदर्थ समितिको उपाध्यक्षमा सन्तोषी बस्नेत, सचिव गोपालचन्द्र आचार्य, कोषाध्यक्षमा मैया आचार्य, सदस्यहरुमा अजय बस्नेत, ओमप्रकाश घिमिरे, झमप्रसाद आचार्य, उत्तम आचार्य, श्याम प्रधान र रमेश आचार्य रहेका छन्।
कानूनी रुपमा दर्ता हुने प्रतिष्ठानका लागि जेठो दाई तुलसी धमलाबाट दुई लाख, माईला दाई यादव धमलाबाट एक लाख, साडुभाई ओमप्रकाश घिमिरेबाट एक लाख, भिनाजु युवराज फुयलबाट ५० हजार, साडुभाई श्याम प्रधानबाट ५० हजार सहयोग रकम संकलन भएको छ।
धमलाका साथीहरु गोपालचन्द्र आचार्यबाट २५ हजार, हरिबोल आचार्यबाट २५ हजार, जोसेफ रिजालबाट २५ हजार, उत्तम आचार्यबाट २५ हजार, प्रकाश आचार्यबाट २५ हजार, इन्द्रप्रसाद आचार्यबाट २५ हजार, मनोज आचार्यबाट २५ हजार, भरत धमलाबाट २५ हजार, लोकनाथ धमलाबाट २५ हजार, डिल्लीराम धमलाबाट २५ हजार, युवराज बस्नेतबाट २५ हजार, अजय बस्नेतबाट २५ हजार स्वस्फूर्त सहयोग संकलन भएको छ।
भिनाजु झमप्रसाद आचार्यबाट १५ हजार, दाई टंकप्रसाद आचार्यबाट १५ हजार, विराज आचार्यबाट १० हजार, फडिन्द्र आचार्यबाट १० हजार, पर्शुराम ढुंगानाबाट १० हजार, पदमप्रसाद आचार्यबाट १० हजार, नेत्र बास्तोलाबाट १० हजार, तुलसी धमलाबाट ५ हजार, अर्जुन खवासबाट १० हजार, छवि आचार्यबाट १० हजार, पंकज आचार्यबाट १५ हजार र पदम प्रसाद आचार्यबाट २५ हजार गरी नौ लाख ४५ हजार रकम स्वस्फूर्त संकलन भएको साडुभाई ओमप्रकाश घिमिरेले जानकारी दिए।
प्रतिष्ठानका लागि आफन्त तथा शुभेच्छुकले सहयोग गर्न सकिनेछ । प्रतिष्ठानले जिल्लाभरीका उत्कृष्ट प्रअलाई पुरस्कृत गर्ने र विभिन्न रचनात्मक काम गर्ने उद्देश्य राखेको छ। काठमाण्डौमा तिहार मनाई सकेर कार्तिक २१ गते माइला दाइसँग मोटरसाइकलमा दिक्तेल आउँदै गर्दा नेपालथोक मंगलटारबीचमा मुटु दुख्यो भनेपछि धमलालाई एम्बुलेन्स झिकाएर धुलिखेल अस्पताल उपचारमा लगिएको थियो।
त्यहाँ उपचार संम्भव नभएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्र बाँसबारी पु¥याईएको केहीबेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । स्वर्गीय धमलाको श्रीमती र दुई छोरी छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology