समायोजन खबर खोटाङ, खोटाङको वराहपोखरी गाउँपालिकाले एसईईमा उत्कृष्ट जीपीए ल्याउने छात्रछात्रालाई पुरस्कार दिएको छ।
विधार्थीहरुको थप अध्ययनमा सहयोग र प्रोत्साहन पु¥याउने लक्ष्यले शैक्षिक सत्र २०८० को एसईई परीक्षामा पालिकाभरी उत्कृष्ट जीपीए ल्याउने पाँचजना विधार्थीलाई कार्तिक १३ गते गाउँपालिकामा कार्यक्रम गरेर पुरस्कार दिएको हो।
उत्कृष्ट जीपीए ल्याउने छात्रछात्रा, दलित र अपांग विधार्थी गरी चारजनालाई नगद एक लाखबाट समान पुरस्कार दिने कार्यविधि भए पनि थप एकजनाले लक्षित विधार्थी सरह जीपीए ल्याएकाले पाँचैजनालाई समान रुपमा पुरस्कार दिईएको गाउँपालिकाका शिक्षा अधिकृत विज्ञान राउतले बताए।
राउतका अनुसार बराबरी जीपीए ३.५२ ल्याउने ज्यू मावि सुन्तलेका शिशिर दाहाल, ज्यू माविकै शुष्मा बन्जारा, सोही माविका सृष्टि बन्जारा र शंखेश्वरी मावि बराहपोखरीका लक्ष्मी श्रेष्ठलाई जनही २०/२० हजार र दलित समुदायबाट उत्कृष्ट ३.०६ जीपीए ल्याउने जनविकास मावि साउनेचौरका रेश्मा परियारलाई २० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको छ।
उत्कृष्ट विधार्थीहरुलाई गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा, उपाध्यक्ष भुवलराज राई र प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीले पुरस्कार प्रदान गर्नुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology