• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सिन्धुली बस दुर्घट्नामा गम्भीर घाईते शिशुसहित दुईजनाको आईसीयुमा उपचार

सिन्धुली बस दुर्घट्नामा गम्भीर घाईते शिशुसहित दुईजनाको आईसीयुमा उपचार


समायोजन खबर
  • मंगलबार, असोज २२ २०८१

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, काठमाण्डौबाट भोजपुर आउँदै गरेको यात्रुवहाक बस दुर्घट्नामा गम्भीर घाइते भएका शिशुसहित दुईजनाको आईसीयुमा उपचार भईरहेको छ।

    हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ३५ वर्षीया लिला राईको २ वर्षीया छोरी हिम्साङ राई र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका २२ वर्षीय नवराज कट्वालको आईसीयुमा उपचार भईरहेको हो।

    हिम्साङको जानकी हेल्थकेयर जनकपुरमा आईसीयुमा उपचार भईरहेको प्रहरीले जनाएको छ। हिम्साङको टाउँको र हातमा चोट लागेको छ। उनीसँगै दुर्घट्नामा परेका आमा लिलाको पनि सोही हेल्थकेयर उपचार भईरहेको छ। लिलाको टाउँको र हातमा चोट लागेको छ। अवस्था मध्यम रहेको प्रहरीको भनाई छ।

    बाँझेच्यानडाँडाका नवराजको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईसीयुमा उपचार भईरहेको छ। नवराजको टाउँको र हातमा चोट लागेको छ।
    सोमबार दिउँसो मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडी भलखाडामा बाग्मती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस दुर्घट्नामा भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासका बुद्धिमान तामाङसहित अर्काे एकजना पुरुषको घट्नास्थलमै ज्यान गएको थियो।

    संग्रिला डेभलवमेन्ट बैंकको एटिएम र खोटाङ यातायात प्रालिको टिकटका आधारमा तामाङको परिचय खुलेको सिन्धुली प्रहरीले जनाएको छ। अर्को मृतक पुरुषको अझै परिचय खुलेको छैन।

    मृतकहरुको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ। एकजना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कपिलकोट सिन्धुली, १२ जना घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चारजना घाईतेको जानकी हेल्थकेयर जनकपुरमा उपचार भईरहेको छ।
    प्रहरीको रेकर्ड अनुसार गाडीमा ११ जना खोटाङको सवार रहेको देखिन्छ। गाडीमा कतिजना सवार थिए भन्ने अझै यक्किन भईसकेको छैन । तीव्र गतिका कारण गाडी दुर्घट्नामा परेको बताईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology