समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका देबराज कटुवाल वरिष्ठ अधिवक्ता बनेका छन्।
बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले कटुवालसहित १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेसँगै उनी वरिष्ठ अधिवक्ता बनेका हुन्।
लामो समयदेखि कानुन व्यवसायमार्फत समाजलाई योगदान गरेको, विधिको शासन प्रवद्र्धनमा सहयोग पु¥याएका अधिवक्ताहरुलाई कदर र सम्मान स्वरुप सर्वोच्च अदालतले ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने विश्वव्यापी चलन छ।
नेपालमा पनि कानुन व्यवसायी ऐनमा वरिष्ठ अधिवक्ताको उपाधीसम्बन्धी व्यवस्था गरिएको छ। लामो समयदेखि वकालतमा सक्रिय रहेको तथा समाजमा योगदान गरेका केही निश्चित कानुन व्यवसायीलाई यसरी उपाधी दिने गरिन्छ। त्यसमा कटुवाल परेका हुन्।
सर्वोच्च अदालतले २०७७ सालमा वरिष्ठ अधिवक्ता उपाधी दिने मापदण्ड बनाएको थियो। मापदण्ड अनुसार, सर्वोच्च वा उच्च अदालतमा कानुन व्यवसाय गरेको १५ वर्ष पुगेपछि मात्रै उपाधि दिन सकिने व्यवस्था राखिएको थियो। त्यसका लागि १५ वर्ष सक्रियपूर्वक कानून व्यवसाय गरेको प्रमाण र आफूले बहस गरेका कम्तीमा ५० वटा फैसला पेश गर्नुपर्ने नियम छ।
सर्वोच्चको सबै नियम पूरा गरेर वरिष्ठ अधिबक्ताको उपाधी पाएका कटुवाल लामो समयदेखि काठमाण्डौमा कानुन व्यवसाय गर्दै आएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology