समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कबजारबाट म्याद नाघेका डिउ, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता पेय पदार्थ जफत गरी नष्ट गरिएको छ।
असोज ७ गते बजार अनुगमन गरेर म्याद नाघेका पेय पदार्थ सहित १४ हजार ५८५ रुपैयाँ बराबरको दैनिक उपभोग्य वस्तु जफत गरी नष्ट गरिएको अधिकारीहरुले बताएका छन्।
म्याद नाघेको १७० रुपैयाँको मिरिण्डा, २ हजार ९६५ रुपैयाँको पेप्सी, ५ हजार ५८० रुपैयाँको सानो डिउ, १८ सयको जम्बो डिउ र ५०० को स्प्राइट पोखाएर नष्ट गरिएको छ।
अनुगमनबाट मसला, मेन्दी, विस्कुट, थुप्पा, धनियाँ, काजु, चकलेट लगायतका दैनिक उपभोग्य वस्तु म्याद नाघेको भेटिएको घरेलु तथा साना उधोग खोटाङका उधोग अधिकृत भेषराज खत्रीले बताए।
यसअघि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नुनथला र हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान हलेसीबजार र अर्खौलेमा बजार अनुगमन गरेर विभिन्न किसिमका पेय पदार्थ र दैनिक उपभोग्य वस्तु जफत गरी नष्ट गरिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology