समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडकखण्डमा सुविधायुक्त पेट्रोल पम्प खुलेको छ।
करीव ६ करोडको लगानीमा खुलेको नमुना खोटाङ फ्युल सेन्टरको भदौ २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईले रिबन काटेर, गाडीमा डिजले हालेर उद्घाटन गर्नुभएको छ।
दिक्तेलका केशव थापा, कटारीका रामेश्वर बराल र ओखलढुंगाका सरोज श्रेष्ठको लगानीमा तयार भएको पम्पले २४ सै घण्टा डिजेल पेट्रोलको सेवा दिने जनाईएको छ। बिजुली बत्ती नहुँदा पनि निरन्तर सेवा दिईनेछ।
पम्पमा पेट्रोलको दुईवटा मेशिनबाट चारवटा नोजलमाफर्त र डिजेलको दुईवटा मेशिनबाट चारवटा नोजलमार्फत इन्धन भरिनेछ। इन्धन बचतका लागि ६० हजार लिटरको ट्याङकी रहेको छ।
इन्धन भर्ने बाहेक पम्पमा सुविधायुक्त शौचालय, महिला पुरुष अपाङमैत्री शौचालय, कफी सप, एयर हाउस, ग्यारेज तथा क्युआर र एटिएमको सुविधा रहेको छ । एटिएम तत्काल जडान गरिएको छैन। एटिएम जडान गर्न बैंकसँग सहकार्य भईरहेको पम्पका सञ्चालक केशव थापाले बताउनुभयो।
फ्युल सेन्टरलाई नेपाल आयल निगमबाट भदौ १८ गतेदेखि पेट्रोलियम पदार्थको सप्लाई/आपूर्ति गर्न र सडक डिभिजन हर्कपुर ओखलढुंगाबाट साउन ९ गते पेट्रोल डिजेल फिलिङ स्टेशन राख्ने अनुमति प्राप्त भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology