समायोजन खबर खोटाङ, सडकको हिमपाइप थुनिएर दिक्तेलबजारको रत्नपार्क आसपासका घर, पसल र होटलमा भलबाढी पस्दा झण्डै १९ लाख बराबरको क्षति भएको छ। बुधबार रातीदेखि परेको पानीका कारण बिहीबार बिहान रत्नपार्क र बाम्राङको सिमाना(मध्यपहाडी लोकमार्ग) मुनीको खहरे खोलामा लगाईएको एकवटा हिमपाइप थुनिदा उक्त क्षति भएको हो।
हिमपाइप थुनिएपछि सडकको नाली र सडक हुँदै आएको भलबाढीले रत्नपार्क जिरोप्वइन्टमा रहेको रुसा स्टोरको चामल, चिनी, दाल, चोकर, मकै चिउरा लगायत अन्य किराना सामान भिजि नष्ट हुँदा सात लाखको क्षति भएको छ। न्यु काभ्रो स्टोर गोदाममा १० बोरा चामल भिजि नष्ट हुँदा २० हजार, एलिना होटलको चामलको बोरा, पिठो, किराना सामान भिज्दा दश हजार र चोमोलुङमा होटल एण्ड लजको चामलको बोरा, लत्ताकपडा लगायत अन्य खाद्यान्न सामान भिजि नष्ट हुँदा एक लाखको क्षति भएको छ।
रत्नपार्ककै होण्डा सोरुममा रहेको विभिन्न पार्टसको सामानभित्र पानी पसेर नष्ट हुँदा दश लाख, लाहुरे हार्डवेयरको प्लाई, सिमेन्ट भिज्दा ४० हजार र रुद्र कुमार श्रेष्ठको निर्माणाधिन घरमा राखेको १० बोरा सिमेन्ट भिज्दा ८ हजारको क्षति भएको प्रहरी जनाएको छ।
थुनिएको हिमपाइप खुलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सडक विभागको जेसिभी प्रयोग गरिएको थियो । जेसिभीले हिमपाइप खुलाउन नसकेपछि केही अगाडीबाट बैकल्पिक रुपमा भलबाढीलाई खोलामै फर्काइएपछि दिक्तेलबजारको रत्नपार्क सामान्य अवस्थामा फर्किएको छ। भलबाढीले थुपारेको गेग्रान र फोहोरमैला जनपथ प्रहरी, सशस्त्र प्रहरीले सफा गरेको छ।
यस्तै, अविरल वर्षाका कारण रावाबेंशी गाउँपालिका–१ कुभिण्डे सिस्नेका मान बहादुर तामाङको एकतले कच्ची घरमाथि भित्तामा पहिरो जाँदा घर जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ओमनारायण कार्कीको घरमूनिबाट पहिरो जाँदा घर जोखिममा परेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology