• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विरुद्ध जाहेरी दर्ता

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विरुद्ध जाहेरी दर्ता


समायोजन खबर
  • बिहिबार, भाद्र ६ २०८१

  • नागरिक समाजलाई जानकारी गराउनु हुँदै अपाङ सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष उमेशचन्द्र आचार्य र सचिव जयनारायण कटुवाल ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई विरुद्ध जाहेरी दर्ता भएको छ। अपाङ सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष उमेशचन्द्र आचार्य र सचिव जयनारायण कटुवालले अन्तिम हद म्यादको अघिल्लो दिन बुधबार ‘अपाङगता भएका व्यक्ति विरुद्धको कसूर’मा सरकारी वकिलमार्फत प्रहरीमा जाहेरी दर्ता गराएको हो।

    कोशी प्रदेश सरकार, सोही नगरपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङग महासंघको सहकार्यमा सञ्चालित ‘अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम’ अन्तर्गत जेठ ६ गते नगरको सभाहलमा भएको समिक्षा कार्यक्रममा उपमेयर राईले अपाङगता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ को दफा ५३ बमोजिम कसूर गरी अन्याय गरेको भन्दै हदैसम्मको सजाय गरी उचित क्षतिपुर्ति दिलाउन जाहेरी दर्ता गराईएको आचार्यले जानकारी दिएका छन्।

    उपमेयर राईले सार्वजनिक स्थलमा आम मानिस उपस्थित कार्यक्रममा अपाङगता भएका व्यक्ति लक्षित गरी अपाङगता भएका व्यक्तिहरु राज्यको लागि बोझ भएको, यिनीहरुलाई नियन्त्रण र निर्मुल नपारी राज्यको विकास हुन नसक्ने भनि अपाङगहरु उपर सार्वजनिक रुपमा घृणा फैलाउने, हेला, अपमान गर्ने, तिरस्कार र दुव्र्यवहार गरी अपाङग भएका व्यक्तिहरु उपर उपहास र तिरस्कार गरी आत्मसम्मान पूर्वक बाँच्न पाउने अधिकारलाई निरर्थक बनाई सामाजिक रुपमा तिरस्कार र घृणा फैलाउने कार्य गरेको जाहेरीमा उल्लेख छ।

    अपाङग भएका व्यक्तिहरुकोे अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ४२ ले अपाङगता भएका व्यक्तिको हकहित संरक्षण सम्बन्धि विषयमा समन्वय गर्ने कामको लागि नगरपालिकाको समन्वय समिति संयोजक समेत कानूनी रुपमा उपमेयरलाई तोकेको अवस्थामा उपमेयर राईले तोकेको काम कर्तव्य र अधिकारको काम गर्नुपर्नेमा सार्वजनिक पदको समेत दुरुपयोग गरी अपाङगता भएका व्यक्तिहरु उपर इङकित गर्दै सार्वजनिक कार्यक्रममा जानीजानी घृणा, हेला र तिरस्कार गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिंदै हिडेको जाहेरीमा उल्लेख छ।

    उपमेयर राईले दिएको अभिव्यक्तिको भिडियो र अडियो जोहरीसँगै पेन ड्राइभमा पेश गरिएको र २०८१ बैशाख १३ गतेदेखि जेठ ६ गतेसम्म नगरपालिकाले संचालन गरेको ‘अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम’मा सहभागी पाँच जनालाई बुझ्न जाहेरीमा भनिएको छ।

    आफूहरुको तर्फवाट सम्पूर्ण अनुसन्धान पूरा गरेर सरकारी वकिल हुँदै कागजात अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले बताउनुभयो। हद म्यादको अन्तिम दिन जाहेरी परेकाले हिजोबाटै अदालती प्रक्रिया सुरु भएकाले उपमेयर राई हिरासतमा बस्नु नपरेको प्रनाउ खड्काले बताउनुभयो।

    आफूले बोलेको विषयलाई अडियोमा कटिङ गरेर अलिकति गलत देखाउने कोशिष गरेकोप्रति ध्यानाकर्षण भएको र थोरै आपत्ति रहेको उपमेयर राईले बताउनुभयो। कुनै पनि नागरिकहरु चाहे प्रकृतिले उसलाई शरीरको हिसाबले अपाङ्गता बनाएको होस वा आर्थिक रुपले गरिवीको रेखामूनि राखेको होस, आखिर ऊ त मान्छे हो नि त। उसको आत्मसम्मान सुरक्षित हुनुपर्छ । जो कोहीको नागरिक अधिकारहरु बराबर छ नि। त्यसको सम्मान हुनुपर्छ भन्ने मान्यता हो। उपमयेर राईले भन्नुभयो।

    “मान्यता सँगसँगै कमजोरहरुलाई सहयोग गर्न र सबैलाई समान ढंगले धरातलमा ल्याउन प्रयत्न गर्न जनप्रतिनिधिको हैसियतले मेरो जिम्मेवारी हो। यो जिम्मेवारी भित्र रहेर काम गरिरहेको छु। तर, साथीहरुले जसरी आरोपित गर्न खोज्नुभयो, मैले बोलेको विषय चाँहि अडियोमा कटिङ गरेर अलिकति गलत देखाउने कोशिष गर्नुभो योप्रति ध्यानाकर्षण भएको छ। थोरै आपत्ति पनि छ।” साभारः हिमालय टाइम्स

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology