समायोजन खबर खोटाङ, खोटाङमा विभिन्न समयमा विपदबाट मृत्यु भएका चारजनाको परिवारलाई राहत रकम वितरण गरिएको छ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको विपदबाट भएको क्षतिको खोज उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड, २०७६ को दफा ५ बमोजिम मृत्यु भएका व्यक्तिको परिवारलाई जनही एक लाखका दरले राहत रकम वितरण गरिएको हो।
विपदमा मृत्युवरण गरेका रावाबेशी गाउँपालिका–१ कुभिण्डेका सिद्धि बहादुर श्रेष्ठ, साकेला गाउँपालिका–२ रतन्छाका मधुराज राई, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका पदम कुमारी घिमिरे र रावाबेंशी गाउँपालिका–३ लामिडाँडाकी सावित्रादेबी नेवारको परिवारलाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा राहत वितरण गरिएको छ।
राहत रकम मृत्यु भएका व्यक्तिका एकाघरको छोरा र श्रीमानलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी, कोशी प्रदेशकै सामाजिक विकास मन्त्री पाँचकर्ण राई पिके र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले हस्तान्तरण गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology