• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ९९.८१ प्रतिशत धान रोपाइँ सकियो

खोटाङमा ९९.८१ प्रतिशत धान रोपाइँ सकियो


समायोजन खबर
  • शनिबार, भाद्र १ २०८१

  • समायोजन खबर खोटाङ,खोटाङमा यसवर्ष साउन ३२ गते शुक्रबारसम्म ९९.८१ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि ज्ञान केन्द्र दिक्तेलका अनुसार धान खेती हुने कूल क्षेत्रफल १० हजार १८.०९ हेक्टर क्षेत्रफलमध्ये ९ हजार ९९९.३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ हजार ५०० हेक्टरमा धान रोपाइँ हुनेमा हालसम्म ३ हजार ४८२.५० हेक्टर अर्थात ९९.५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। हलेसी तुवाचुङ नगरपालिकामा कूल १२० हेक्टरमा धान रोपाइँ हुनेमा ११८.८० हेक्टर अर्थात ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, रावाबेंशी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा शत प्रतिशत धान रोपाइँ भएको छ।

    गतवर्ष यो अवधिमा ९० प्रतिशत मात्रै धान रोपाइँ भएको थियो। जिल्लाका कृषकहरुले अटे मार्सी, ताईचुङग, मकवानपुरे, रन्जिता, खुमल–४, खुमल–८, खुमल–१०, भोटाङ्गे लगायतका धान रोप्ने गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology