• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विद्यालयमा अनियमिता भएको पाँच लाख हप्तादिनमा फर्काउन निर्देशन

विद्यालयमा अनियमिता भएको पाँच लाख हप्तादिनमा फर्काउन निर्देशन


समायोजन खबर
  • बुधबार, साउन ३० २०८१

  • छानविन समितिले तयार गरेको अन्तिम प्रतिवेदन।

    चिसाङ शेर्पा खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित अन्नपूर्ण माविमा अनियमित भएको पाँच लाख बजेट साता दिनभित्र विद्यालयको खातामा दाखिला गर्न निर्देशन दिईएको छ।

    आर्थिक वर्ष २०७७/०७८ मा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट स्वीकृत भएको विद्यालय इ-शिक्षा अन्तर्गत स्मार्ट बोर्ड, टिभी, इन्टरनेट तथा पावर ब्याकअप जडानलाई आएको उक्त अनुदान रकम सार्वजनिक खरीद ऐन र नियमावली विपरित भएकाले हप्ता दिनभित्र फर्काउन नगर शिक्षा समितिले विद्यालयलाई मंगलबार निर्देशन दिएको हो।

    स्वास्थ्य कार्यालय खोटाङ र विद्यालयबीच २०७७ फागुन ५ गते सम्झौता भई सामान खरीद प्रक्रिया बढाईएको थियो । तर, सामान खरीद नगरी बिल भपाईका आधारमा पेश्की फछार्योट गरेको भन्दै हालको विद्यालय व्यवस्थापन समितिले नगरपालिकामा दिएको निवेदनको आधारमा, २०८० चैत २३ गते कार्यपालिका सदस्य मिना कार्कीको संयोजकत्वमा गठन गरिएको ६ सदस्यले छानविन गरी बुझाएको अन्तिम प्रतिवेदनका आधारमा उक्त पाँच लाख बजेट फिर्ता गर्न लगाईएको हो।
    तत्कालिन प्रधानाध्यापक रेखादेबी बस्नेतले उक्त सामान खरीद गर्न सोही विद्यालयमा कार्यरत शिक्षक गोपाल राउललाई विद्यालयको खातामा रहेको पाँच लाखको चेक दिएकी थिईन्। सम्झौतामा शिक्षक राउलकै हस्ताक्षर छ। उक्त बजेटले कुनाल स्टोर इटहरीबाट पछि सामान ल्याउने भन्दै बिल माग गरी फरफारक गरिएको थियो।

    तत्कालिन प्रअ बस्नेतको समयमा सामान नआई पछि दिक्तेलस्थित एक पसलबाट ती सामानहरु विद्यालयको प्राङगणसम्म स्थानीय पदम बहादुर देउजाको अटोेले पु¥र्याएको थियो। ताकि कोटेशन कुनाल, सोनी र जिबि कम्पनीको परेको थियो।
    पु¥याएको ती सामानहरु वर्तमान विव्यास अध्यक्ष रोशनराज राईले रुजु गर्दा ४.१२८ जिबिको हुनपर्ने स्मार्ट बोर्ड ४.३२ जिबिको पाईएकोे र टिपेक्स लगाईएको तथा सम्झौता विपरीतका सामान भएपछि उक्त सामान विद्यालयले जिम्मा नलिइकन त्यतिकै राखिएको वर्तमान प्रअ पेशल राईले बताउनुभएको प्रतिवेदनमा उल्लेख छ।

    यदी तोकिएको समयभित्र विद्यालयको खातामा रकम जम्मा नगरेमा कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा सम्पूर्ण कागजातसहित लेखि पठाईने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवंम् नगर शिक्षा संयोजक तीर्थराज भट्टराईले बताउनुभयो। समाचारसँग सम्बन्धित प्रतिवेदन, नगर शिक्षा समिति बैठक निर्णय, सम्झौता पत्र, भ्याट बिल लगायत अन्य कागजात समायोजन खबरसँग सुरक्षित छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology