समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका अस्तजित राईको घर पहिरोले तान्दा पूर्णरुपमा भत्किएको छ।
शुक्रबार रातभरी परेको भारी वर्षाको कारण शनिबार बिहान ५ बजे घरलाई पहिरोले तानेको हो।
ढुंगा माटोले बनेको फुसको छानो भएको एकतले घर पूर्णरुपमा भत्किदा चार लाख वरावरको क्षति भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए।
मानवीय वसोवास भईरहेको घर भएता पनि मानवीय र चौपायामा क्षति भएको छैन । यो समाचार तयार पार्दासम्म खोटाङमा अविरल वर्षा भईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology