समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा तीनदिने राष्ट्रिय बाँस सम्मेलन गर्ने तयारी गरेको छ।
काठमाण्डौ मध्यबानेश्वरमा रहेर बाँसको क्षेत्रमा लामो समयदेखि अध्ययन,अनुसन्धान तथा प्रवद्र्धन गर्दै आएका विज्ञसँगको छलफलपछि आगामी कार्तिक २,३ र ४ गते दिक्तेलमा बाँस सम्मेलन गर्ने तयारी हो।
सम्मेलनमा राष्ट्रिय स्तरका बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका विज्ञहरुको उपस्थिति रहनेछ। जसका लागि तयारी समिति संयोजक पूर्वमन्त्री गणेश शाहले राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्था, व्यक्ति र सरोकारवालालाई अभियानमा जोडन भूमिका खेल्ने जनाईएको छ।
दिक्तेल रुपाकोट मझुवागढीमा अत्याधिक मात्रामा मलिवास, धेरै मात्रामा ढुङग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङगो बाँस, सिगानो बाँस, निगालो बाँस, मुक्तियाली लगायतका ११ किसिमका बाँस पाईने गरेको छ।
बाँसलाई जीवन उपयोगी बनाउँदै पर्यावरण संरक्षण गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको कार्यकक्षमा पूरै बाँसबाट निर्मित कुर्सी, टेबल, सोफा, टि टेबल र उपमेयर विसन राईको कार्यकक्षमा बाँसको कुर्सी करीव वर्षदिन अघिबाट प्रयोग भईरहेको छ।
https://www.facebook.com/samayojankhabar/videos/1498215691070180
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology