• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जनता समाजवादी पार्टीको जिल्ला कमिटी अध्यक्षमा निर्मल राई

जनता समाजवादी पार्टीको जिल्ला कमिटी अध्यक्षमा निर्मल राई


समायोजन खबर
  • शनिबार, जेष्ठ १२ २०८१

  • समायोजन खबर खोटाङ, जनता समाजवादी पार्टी(अशोक राई नेतृत्वको) खोटाङ जिल्ला कमिटी अध्यक्षमा निर्मल राई चयन भएका छन्।

    शनिबार जिल्ला समन्वय समितिको हलमा भएको जिल्ला भेलाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका राईलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो। राई २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन जसपा नेपालबाट लफयाङको वडाध्यक्ष भएका थिए।

    राईको अध्यक्षतामा १११ सदस्यीय जसपा जिल्ला कमिटी गठन गरिएको छ। जिल्ला कमिटीको उपाध्यक्षमा गुरुराज राई, नैनकला राई, सचिवमा विरेन्द्र कुमार दर्नाल, सह सचिवमा टिकाराम राई, शान्तिकला राई, प्रितिराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन भएका छन्।

    जसपाका केन्द्रीय सदस्य देवराज राई, रमेश राई, सन बहादुर राई, संघीय परिषद सदस्य राकेश राई र समाजवादी विधार्थी युनियनका केन्द्रीय महासचिव प्रकाश चाम्लिङ रार्ईको उपस्थितीमा जिल्ला कमिटी गठन भएको हो।
    उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पार्टी बैशाख २३ गते फुटेपछि अशोक राईको नेतृत्वमा जसपा बनेको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology