समायोजन खबर खोटाङ, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यले खोटाङमा पर्यटनको ठुलो संम्भावना रहेको बताएका छन्।
त्रि–धार्मिकस्थल हलेसीमा आएका पर्यटकलाई मात्रै दिक्तेलबजार, रुपाकोट, कालिका भगवती मझुवागढी, भुलभुले हुँदै चखेवासम्म लैजान ल्याउन सकेमा जिल्लाको आर्थिक उन्नती निक्कै राम्रो हुने बताए।
पुर्वको पशुपतिनाथ हलेसीमा विश्वभरीका मानिस आउँछन्। हलेसी आउने पर्यटकहरुलाई दिक्तेलबजारसँगै खोटाङभरी घुम्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ। देशभरका वाणिज्य संघका साथीहरु अहिले दिक्तेलबजार घुम्न आईरहेको देखिन्छ। आचार्यले भने, ‘अन्य साथीहरु पनि घुम्ने वहानामा अलिअलि जिल्लामा आएको देखिन्छ। पर्यटक बढीरहेको छ।’
नीजि क्षेत्रको अध्यक्ष भएको नाताले सबैले सोध्नुहुन्छ के, कस्तो छ? बस्ने ठाउँ के छ? खोजि दिनुप¥र्यो भनेर रातीको ९/१० बजे पनि फोन गर्नुहुन्छ। हलेसी बस्नेलाई हलेसीमै, दिक्तेल बस्नेलाई दिक्तेलका व्यवसायीहरुलाई साथीहरु आउँदै हुनुहुन्छ राम्रो गर्नुहोस, उहाँहरुलाई सत्कार गर्नुहोस भन्ने गरेको छु। पर्यटकलाई हामीले कस्तो व्यवहार गर्छौ। त्यसैले भोलिको कुरा निर्धारण हुन्छ। आचार्यले भने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology