समायोजन खबर खोटाङ, नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको हाफ म्याराथनमा आर्मी र पुलिसले वर्चस्व जमाएको छ। ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव–२०८१’ को पहिलो दिन भएको २१ किलोमिटर हाफ म्याराथनमा आर्मी र पुलिसको महिला र पुरुषले स्थान ल्याएर वर्चस्व जमाएका हुन्।
२१ किलोमिटर हाफ म्याराथनको पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका गजेन्द्र राईले एक घण्टा नौ मिनेट ४८ सेकेण्ड र महिलातर्फ नेपाल पुलिस क्लवका राममाया बुढाले एक घण्टा २८ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरेर नगद ७५/७५ हजारको प्रथम पुरस्कार प्राप्त गरेका छन्।
एक घण्टा १० मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गर्दै पुरुषमा त्रिभुवन आर्मी क्लवकै सञ्जय श्रेष्ठ र एक घण्टा २८ मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै महिलामा त्रिभुवन आर्मी क्वलकै पूर्णलक्ष्मी न्यौपानेले ५०/५० हजार राशीको दोश्रो पुरस्कार पाएका छन्। एक घण्टा ११ मिनेट १६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै पुुरुषमा त्रिभुवन आर्मी क्लवका शुशिल कुमार शाही र एक घण्टा ५० मिनेट ६ सेकण्डमा दुरी पार गर्दै महिलामा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी दिर्पा बस्नेतले २५/२५ हजार राशीको तेश्रो पुरस्कार प्राप्त गरेका छन्।
१५ वर्ष माथिको खुल्ला महिला पुरुष १० किलोमिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका टंक बहादुर कार्की प्रथम, भुपेन्द्र सुनार दोश्रो, देउराज बस्नेत तेश्रो र महिलामा त्रिभुवन आर्मीकै वविता राई प्रथम, सृजना राई दोश्रो र दिक्तेलकी सन्जिला राई तेश्रो भईन्। महिला पुरुषकै प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, १० हजार र सात हजार प्राप्त गरेका छन्।
३५ वर्ष भन्दा माथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक र व्यवसायीहरुको ७ किलोमिटर दौडमा काठमाण्डौका धर्मराज महर्जन प्रथम, दिक्तेलका शिव प्रसाद राई दोश्रो र दोलखाका नवराज कार्की तेश्रो भए। उनीहरुले क्रमशः १५ हजार, दोश्रोले १० हजार तेश्रोले सात हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे।
छात्रतर्फको १२ वर्षदेखी १५ वर्षमुनिको ५ किलोमिटर दौडमा छात्रमा दिक्तेलका भूमिराज राई प्रथम, दिक्तेलकै सुमन बस्नेत दोश्रो र दिक्तेलका दावा तामाङ तेश्रो र छात्रातर्फ भोजपुरका बिनिता राई प्रथम, दिक्तेलका जुहि राई दोश्रो र दिक्तेलकै रेवती राई तेश्रो भईन । प्रथम, दोश्रो, तेश्रो छात्रछात्रले जनही क्रमशः सात हजार, दोश्रोले छ हजार, तेश्रोले पाँच हजार पुरस्कार पाएका छन्।
आमा समुहको तीन किलोमिटर दौडमा दिक्तेलका सम्झना भट्टराई प्रथम, दिक्तेलकै एलिना राई दोश्रो र दिक्तेलकै निर्मला राई तेश्रो भईन्। उनीहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन्।
६० वर्षमाथि पुरुषको १६०० मिटर दौडमा काठमाण्डौका पुष्पालाल श्रेष्ठ प्रथम, दिक्तेलका बुद्धविर लामा दोश्रो, दिक्तेलकै भुपेन्द्रराज राउत तेश्रो भए । उनीहरुले क्रमशः पाँच हजार, तीन हजार, दुई हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
छात्रछात्रा १२ वर्षमुनिको १६०० मिटर दौडमा छात्रमा दिक्तेलका आयुष श्रेष्ठ प्रथम, दिक्तेलकै रिवल राई दोश्रो, दिक्तेलकै रिलन नेपाली तेश्रो भए भने छात्रामा भोजपुरका करिना राई प्रथम, भोजपुरकै अनिशा राई दोश्रो र भोजपुरका अस्मिता श्रेष्ठ तेश्रो भएकी छन्। छात्रछात्राले समान रुपमा क्रमशः जनही तीन हजार, दुई हजार र एक हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।
प्रतियोगिताको पुरस्कार वितरणका क्रमम नेपाली एथ्लेटिक्सका महापुरुष बैकुन्ठ मानन्धलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ । मानन्धरले नेपाली खेलकुद क्षेत्रमा अतुलनीय योगदान पु¥याएकाले सम्मान गरिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए।
महोत्सव जेठ १० गते सम्पन्न हुनेछ। महोत्सव अन्तर्गत ८ जेष्ठदेखि १० जेष्ठसम्म बहुउद्देश्य कबर्डहल माटिकोरेमा सात प्रदेश, सोतोकान कराते, गोजोरियो कराते, वादोरियो कराते र आयोजकसहित राष्ट्रिय कराते प्रतियोगिता हुनेछ। टेम्के तुवाचुङ साहित्यिक प्रतिष्ठान र रावासावा प्राज्ञिक नेपालको सह आयोजनामा जेष्ठ ३ गते कबर्डहल माटिकोरेमा हुने राष्ट्रिय कविता लेखन प्रतियोगिता र खोटाङ कलाकार समाजको सह–आयोजनामा जेष्ठ ६ गते हुने १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगिता हुनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology