समायोजन खबर खोटाङ, खोटाङमा रक क्लाइम्बिङ चढ्ने क्रममा एकजनाको लडेर मृत्यु भएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा घर भई दिक्तेलको हाटडाँडामा बस्ने ३४ वर्षका सुचन राईको मृत्यु भएको हो।
शुक्रबार(आज) साझ ६ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ बुधेश्वरमा रहेको चट्टान चढ्ने क्रममा लडेका राईको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको थियो
लडेर घाइते भएका राईलाई लगत्तै उपचारमा जिल्ला अस्पताल दिक्तेल ल्याईए पनि साझ ७:४० बजे चिकित्सकले मृत घोषणा गरेको खोटाङका डिएसपी पुरुषोत्तम खडकाले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology